श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

  • ख-
  • ख+

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ सखुवाथान घर भई गौरादह नगरपालिका वडा नम्बर १ शितल चोक बस्ने उनका ३९ वर्षीय श्रीमान सजिलाल रिख्यासनलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।

उनलाई सोमबार बिहान प्रहरीले मोरङ प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। (सेतोपाटी)

उनीमाथि आफ्नी ३४ वर्षीया श्रीमती संगीता टुडुको हत्या गरेको आरोप छ।

गत बिहीबार बिहान सजिलाल रिख्यासनले आफ्नी श्रीमती संगीतालाई खेत नजिकैको टहरामा लगेर निर्मम तरिकाले कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। हत्या गरी उनी फरार भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?