धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते

  • ख-
  • ख+

धनगढी — धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए । (कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?