१० किलो चरेशसहित दुई युवक पक्राउ

  • ख-
  • ख+

रुपन्देही । दाङमा प्रहरीले दश किलो चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । बाग्लुङको निसीखोला गाउंपालिका वडा नं.१ का २१ बर्षीय सुदिप सिंजाली मगर र बरिगाउ गाउंपालिका वडा नं.२ का ३० बर्षीय रेमबहादुर भुजेललाई १० किलोग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार सुदिप सिंजाली मगरलाई बुधबार दिउसो ३ बजेतिर गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ होटेलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्गअन्तरगत दाङ कपिलवस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा भुजेललाई प्रहरीले लमही बजारबाट बुधबार बेलुका नै पक्राउ गर्न सफल भएको थियो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ मा भएको व्यवस्थाअनुसार एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना हुनेछ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?