गृह मन्त्रालयको आग्रह : दशैंमा भक्तजनको लागि मठमन्दिर र शक्तिपीठहरु खुला नगर्नुहोला

  • ख-
  • ख+

गृह मन्त्रालयले दशैंको समयमा मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा बाहेक भक्तजनका लागि खुल्ला नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको जानकारी दिए ।

तर नित्य पूजाआजा भने नियमितरुपमा सूचारु गर्न सकिने उनले बताए । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

महान चाड बडादशैंको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?