किसानको पक्षमा खुल्दै स्थानिय नेताहरुः क्षेत्र नं. १ मा केपी ओली पक्षको खडेरी पर्ने सम्भावना

  • ख-
  • ख+

तनहूँ । शेर बहादुर देउवालाई व्श्विासको मत दिने बेलामा एकाएक देउवाको पक्षमा आफुले जिताएर पठाएर जनप्रतिनिधि कृष्णकुमार श्रेष्ठ किसानले मत दिएपछि तनहूँका कम्युनिष्टका कार्यकर्तामा अन्यौलता छाएको थियो तर बिस्तारै अन्यौलता हट्दै गएको भान भईरहेको छ । एकाएक कांग्रेसका उमेदवारलाई मतदान गर्दा के सहि के गलत छुट्याउन नसेकेका तनहूँका कार्यकर्ताले अब खुलेर सांसद कृष्णकु्मार श्रेष्ठको कदमको प्रशंसा गर्न थालेका छन् । केहि दिनको बुझाई पश्चात ब्यास नगर युवा संघ नेपालका संयोजक कृष्णकुमार श्रेष्ठ, सहसंयोजक अजित पन्थ, नेपाल मुस्लिम सगठन तथा ब्यास मुस्लिम सेवा समाजका अध्यक्ष सिद्धिक मियाँ सांसद किसानको पक्षमा लाग्नुभएको छ । सांसद किसानले जुन हिसावले समुह परिवर्तन गर्नुभएको छ बुझ्दै गर्दा उहाँको त्यो कदम एकदमै सहि लाग्यो, मुख्य कुरा उहाँले आफु एमालेलाई बलियो बनाउन यो कदम चालेको बताउनुभएको छ त्यसैले किसान जस्तो बिकासप्रेमी नेतालाई साथ दिनु हाम्रो कर्तव्य पनि हो ब्यास नगर युवा संघ नेपालका संयोजक कृष्णकुमार श्रेष्ठ, सहसंयोजक अजित पन्थ र नेपाल मुस्लिम सगठन तथा ब्यास मुस्लिम सेवा समाजका अध्यक्ष सिद्धिक मियाँको एउटै भनाई छ साथै कहिलेकाहि राम्रो कुरा पनि अलि लपछि थाहा पाईन्छ बस् त्यति मात्र हो ।
यसरी क्रमश नेकपा एमालेका कार्यकर्ता नेपाल एमालेको ओली समुह छोडेर माधब नेपालको समुहमा जानुभएका कृष्णकुमार श्रेष्ठ किसानको पक्षमा खुल्दै गएपछि तनहूँ क्षेत्र नं. १ मा केपी ओली पक्षका नेता तथा कार्यकर्ताको खडेरी लाग्ने क्रम शुरु भएको स्थानिय युवा नेता कविराज श्रेष्ठको भनाई रहेको छ यद्यपी सांसद श्रेष्ठ आफु कसैको पक्षमा गएको नभई नेकपा एमालेलाई बलियो बनाउन यो कदम चालेको सांसद कृष्णकुमार श्रेष्ठ किसानले बताउदै आउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?