२४ घण्टामा पैसा दोब्बर गराइदिन्छुु भन्दै ठगी गर्ने एक पक्राउ

  • ख-
  • ख+

२४ घण्टामा पैसा दोब्बर बनाउने भन्दै ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।

मोरङमा एक जनाले २४ घण्टामा पैसा दोब्बर गराइदिन्छुु भन्दै ठगी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक बस्ने ३५ वर्षीय चन्दनकुमार मुखियालाई सोमबार पक्राउ गरेको हो।

उनले सोही ठाउँ बस्ने ३१ वर्षीय राजकुमार रायबाट दुई लाख २० हजार रूपैयाँ ठगी गरेका थिए।

मुखिया र राय एउटै गाउँका मान्छे हुन्।

घटना गत चैत २७ गते दिउँसोको हो। मुखियाले रायको पैसा दोब्बर बनाइदिने भन्दै पैसा मागेका थिए।
पैसा ल्याएपछि उनले ल अब एक बाल्टिनमा चोखो पानी पनि लिएर आउनू भनेर पठाएछन्, प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।

राय पानी लिन गएको मौका छोपी मुखियाले पोकामा राखिएको पैसा झिकेर कागजले भरिसकेका थिए। सो पोका उनले सुन रंगको प्लास्टिकले बेरिदिएका थिए। साथै, दुइटा केमिकल र सिरिन्ज निकालेर मुखियाले रायलाई दिए।

ुउनले रायलाई यो पोका राति खोल्न हुन्न अब भोलिमात्रै खोल्नु है भनेछन्, प्रहरी उपरीक्षक जिसीले भने भोलिपल्ट त्यो सिरिन्ज हान्नु पैसा दोब्बर हुन्छ भनेका रैछन्।

त्यसरी उनी पैसा लिएर घटनास्थलबाट भागिसकेका थिए। २४ घण्टा भएपछि रायले पोका खोलेर हेर्दा भित्र कागजमात्रै भेटिएको प्रहरीले जनाएको छ।

त्यसरी आफू ठगिएको थाहा पाएर प्रहरी कार्यालयमा सम्पर्क गरेका थिए।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उनले अरूलाई पनि यसरी नै ठगेको हुनसक्ने प्रहरीको भनाइ छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?