तनहूँ । रुख कटहर टिप्न जाँदा मङ्गलबार दिउँसो रुखबाट लडेर मृत्यु भएका यहाँका एक बालकको परिवारलाई क्षतिपूर्ति बापत रु.चार लाख दिने सहमति भएको छ ।
व्यास नगरपालिका–६ श्याम्घामादीबेसी निवासी जयबहादुर परियारका १६ बर्षीय छोरा अरुणको लडेर मृत्यु भएपछि कटहर धनी पुण्यप्रसाद न्यौपानेले बुधबार उक्त रकम दिने सहमति भएको हो । बालकको लडेर मृत्यु भएपछि बालकलाई फकाएर रुखमा चढ्न लगाएको भनेर परिवारजनले शव लिन मानेका थिएनन् ।
दुवै पक्ष बीच सहमति भएपछि बुधबार दिउँसो बालकको शव पोष्टमार्टम गरि दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यपारीले कटहर किन्नको लागि आउने जनाए पछि न्यौपानेले कटहर टिप्न बालकको प्रयोग गरेको पीडित पक्षको आरोप थियो । रुखबाट खसेर सख्त घाइते भएका अरुणको दमौली अस्पतालमा उपचारको लैजादै गर्दा मङ्गलार नै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।








