झापा । होटलमा राखेर खोप विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएका छन् ।
बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले १० हजार रुपैयाँ लिएर होटलमा खोप लगाएको बताउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएका थिए ।
झापाका एसपी सानुराम भट्टराईका अनुसार स्थानीयको खबरपछि प्रहरीले घटनास्थल पुगेर खड्का पक्राउ गरेको छ । खोपको केही डोजसमेत बरामद गरेर इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइएको छ ।
‘उहाँले होटल क्वारेन्टिनमा बस्नेलाई भनेर जिल्लाबाट आएको खोप भएको र कसैबाट पैसा नलिएको बताउनु भएको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ हालसम्म कसैले पैसा लिएको भनेर मौखिक वा लिखित उजुरी नदिएको उनले बताए ।
उजुरी दिए ठगीमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । उजुरी नपर्दा पनि के गर्ने भनेर सरकारी वकिलसँग समन्वय र छलफल भइरहेको उनले बताए । (अनलाईन खबर)
स्थानीयबासीले लडेको अबस्थामा भण्डारीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै स्थानीय र प्रहरीको टोली उद्धार गरेको भएपनि उहाँको मृत्यु भईसकेको पाइएको डिएसपी दाहालले बताउनुभयो । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका भण्डारी गोरखा सदरमुकाममा बहिनीको घरमा बस्दै आउनु भएको थियो । पारिवारिक सम्बन्ध राम्रो नभएकाले उहाँ बहिनीको घरमा बस्दै आएको खुलेको डिएसपी दाहालको भनाई छ ।
मृतक भण्डारीले अत्याधिक मादक पदार्थ सेवा गर्ने गरेको परिवारले जानकारी गराएको प्रहरीले जनाएको छ । भण्डारीको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । भण्डारीको मृत्यु कसरी भएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको डिएसपी दाहालले बताउनुभयो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








