प्रहरी कार्यालय हिरासतभित्रै आत्महत्या

  • ख-
  • ख+

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेका हुन् । उनी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

थुनुवा रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेशनमा झुण्डिएको डिएसपी मिश्रले जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?