तनहूँ/ ब्यास नगरपालिका वडा नंं ११ कोकलडाँडाँ तनहूँका एक अग्रज बुबाले यसो भन्नू भयो । मनै गरुगों भयो ।

”म एक सुकुम्बासी, कुनै एक राजनैतिक दलको कृयाशिल सदस्य जसले देशको नेतृत्व गरिरहेको छ
मेरो पुर्खाले चार दशकदेखि भोग चलन गरेको जमिन न त पुर्खाको नाममा भयो न कि मैले पाउने आशानै रह्यो ।

बेबकुफहरु,
पदाधिकारी फेरेको भए हुन्थ्यो होला नि !
आयोगनै विघटन गरेउ भन्ने पो सुनियो, देखियो

नेताजी फेरि मेरो घर छिमेकमा नआउदा हुन्छ, तपाईं र तपाइको पार्टीलाई सहयोग गरेबापत हजुरले दिएको उपहार बिर्सिनसक्नुको रहेको छ । यो गुन बिर्सन लायक रहेन । असाध्यै आशाबादी भएको बेलामा पनि !!!”

(हरि कोईराला, व्यास ११ कोकलेडाँडा)

(हरि कोईरालाको फेसबुकबाट)