तनहूँका नितेश श्रेष्ठ र अन्य ३ जना ९२ लाख रुपैया रकमसहित हुण्डी कारोबार गरेको आरोपमा पक्राउ

  • ख-
  • ख+

काठमाण्डौ । हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो।

काठमाडौं १३ ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहूँ घर भई काठमाडौंको गोंगबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप घर भई भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।

गणबहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने प्रहरीले विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले तनुज इन्टरप्राइजेज प्रालि गणबहालमा चेक गरेको थियो।

त्यहाँ हुण्डी कारोबार भइरहेको खुलेपछि सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्राउ गरेको हो।

उनीहरूबाट ९१ लाख ९६ हजार रुपैयाँ, ८० लाख ४३ हजार ३ सय १९ बराबरको डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरको चेक बरामद गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?