स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

  • ख-
  • ख+

कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ । ( रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?