दमौलीमा जताततै फोहोरको थुप्रोः जनप्रतिनिधि र कर्मचारीको तलब नरोकिने फोहोर उठाउन रोकिने भन्दै दमौलीवासी आक्रोशित

  • ख-
  • ख+

तनहूँ । व्यासको तपोभुमि व्यास नगरपालिकामा यतिबेला फोहोरको डंगुर थुप्रिएको छ । सुन्दर शान्त व्यास नगरको जताततै चोकमा कुहिने फोहोरको डंगुर करिब १ सातादेख िथुप्रिदा शहरको दृश्यका साथै वातावरण पनि दुषित भएको भएको छ । डम्पिगं साईटको समस्या ज्युँका त्युँ रहेकाले फोहोर संकलन कार्यलाई तिब्रता दिन नसकिएको र उक्त समस्या सामाधानको लागि केहि दिन भित्र सुडे नजिकै लग्ने तयारी भईरहेको नगरपालिकाका वरिष्ठ अधिकृत कृष्णराज घिमिरे बताउनुहुनछ साथै उहाँले व्यास नगरपालिका वडा नं. १ को पुछार बुल्दि खाmेला नजिकै संकलन गरेर सुडे नजिक लग्ने तयारी भईरहेको पनि बताउनुभएको छ ।
तिब्र जनसंख्या बृद्धि र शहरी जनघनत्व बढ्दा समेत व्यास नगरपालिकाले दमौली बजारको फोहोरको उचित संकलन गर्न सकको छैन भने फोहोर संकलनको लागि कहिले नसक्का किनार, कहिले जंगलको छेउछाउमा संकलन गर्न लाग्दा स्थानिय वासिन्दाको अवरोध खेप्दै आईरहेको छ । आफ्नो पसल अगाडि हप्तौदेखि फोहोरको थुप्रिएर कोरोनाको महामारीको समयमा व्यापार व्यवसायमा सारै मर्का परेको बताउनुहुन्छ साथै उहाँ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको त तलब रोकिएको छैन होला फोहोर उठाउन चाँहि किन रोक्ने ? भन्ने प्रश्न गर्नुहुन्छ । नगरपालिकाले राजश्व बढाउन सक्ने, जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा बढाउन सक्ने तर एउटा डम्पिंग साईड खोज्न नसक्ने ? यो त सारै जनताप्रति अन्याय भयो भन्नुभयो ।

व्यास नगरपालिकाले स्पष्ट दृष्टिकोण नल्याउदा पटक पटक विभिन्न स्थानमा डम्पिगं साईड बनाउने प्रयासहरु असफल भएका छन् । पछिल्लो समय व्यास नगरपालिकाले व्यास ४ र १० सिमानामा पर्ने जंगलको बिचमा (व्यास १० डिहिगाउँको पारिपट्टी) डम्पिगं साईट राख्न आईईओको रिर्पोट पर्खिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?