व्यास नगरपालिकाको कर्मचारी बढुवा विवाद छताछुल्लः बढुवा खारेजीको माग गर्दै उजुरी

  • ख-
  • ख+


तनहूँ । महर्षि वेदव्यासको नामबाट निर्माण भएको व्यास नगरपालिका यतिबेला कर्मचारी बढुवा विवादमा फसेको छ । नगरपालिकाले असार ३१ गते कर्मचारीहरुको बढुवा गरेको थियो । उक्त बढुवाप्रति असहमति जनाउदै व्यास नगरपालिकाकै कर्मचारी कम्प्युटर अपरेटर पदम बहादुर थापाले मिति २०७८ भाद्र ३ गते निवेदन दिनुभएको छ ।

निवदेनमा थापाले व्यास नगरपलिकाको मिति २०७८ असार २३ मा भएको ३५औ नगर सभावाट कर्मचारी समायोजन ऐन २०४८ पारित भएको रहेछ । उक्त समायोजन ऐनमा सविकमा स्थानीय निकायमा स्थायी नियुक्ति पाई हालको पदमा ५ वर्ष सेवा अवधि पुरा गरी न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीलाई एक तह बढुवा र सो पुरा नभएका कर्मचारीहरुलाई २ ग्रेड दिई स्थानीय तहमा समायोजन गर्ने कानुनी व्यवस्था गरिएको छ ।
निवेदनमा थापाले कुनै पनि बढुवा गर्दा बढुवा हुने उम्मेदवारहरुलाई सूचना जारी गरी दरखास्त माग गर्नु पर्ने लगायतको प्रकृया पुरा गर्नका लागि कार्यविधि निर्माण गर्नुपर्नेमा ती कुनै पनि प्रकृया पुरा नगर्दा म जस्तो दुर्गम वडा कार्यालयमा वडा सचिवको रुपमा कार्यरत कर्मचारीलाई कुनै थाहा जानकारी नै नदिई नदिई वर्षों देखि एउटै पदमा कार्यरत रहन वाध्य पारी बढ़वा हुनवाट बञ्चित गरीएको छ ।

मिति २०७८ असार ३१ गतेका दिन व्यास नगरपलिका कार्यालयवाट कर्मचारी प्रशासन शाखामा कार्यरत कर्मचारी…….ले व्यास नगरपलिकाको स्विकृत दरबन्दीको शाखा अधिकृत (अधिकृत स्तर छैठो ) पदबाट ५ वर्ष सेवा अवधि पुगेकै अधारमा शैक्षिक योग्यता स्नातक उत्तीर्ण नभए पनि (अधिकृत स्तर सातौं तह) मा बढ्वा हुन पदपूर्ति समितिनै गठन नगरी आफैले नै टिप्पणी उठाई गरिएको त्रुटी पूर्ण निर्णयलाई बदर गरी पाउ भनि निवेदन दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?