पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

  • ख-
  • ख+

पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।

पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ ।

नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।

आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।

‘पानी परिरहेको छ र पानीको भल त्यसैबाट छिरिरहँदा अझै भासिने र महेन्द्रपुल क्षेत्रमा क्षति पुग्ने हो कि भन्ने डर छ’ उनले भने । अहिले भल तर्काउने र ढुंगा ल्याएर भ्वाङ पुर्ने काम जारी रहेको तर पानीले अवरोध गरिरहेको उनले बताए ।

पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?