पुर्व मन्त्री गौतमको निधन

  • ख-
  • ख+

तनहूँ । विगत केही समयदेखि विरामी परेका नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री, तथा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भिम प्रसाद गौतमको निधन भएको छ।

पुर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित , जनता समाजवादी पार्टीका केन्द्रीय नेता ,विभिन्न सामाजिक संघ , संस्थालाइ जिवन्त तुल्याउन अग्र पङ्तीमा रहेका,त्यागको प्रतिकका रूपमा चिनिएका गौतमको आज राति २ः३० बजे आफ्नै घरमा निधन भएको हो।

तनहुँ क्षेत्र नं १ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपानेले समेत गत मंगलबार विरामी परेका गौतमलाई भेट गरी स्वास्थ लाभको कामना गरेका थिए।

गौतमलाई निमोनियाको उपचार गराईरहेको थियो। सामान्य अवस्थामा फर्किएपछि घरमा नै उपचारमा रहनु भएका गौतमको निधनले एउटा राष्ट्रबादी तथा विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए। गौतमलाई तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा अन्त्येष्ठी गरिने परिवार श्रोतले जनाएको छ। (समाचार श्रोतः शिवकुमार श्रेष्ठ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्