देश संघियतामा गईसकेपछि भएको प्रदेश तथा केन्द्रमा नेपालका दुई कम्युनिष्ट पार्टीहरुको मिलोमतोबाट लडिएको निर्वाचनमा कम्युनिष्टहरुको अत्याधिक बहुमत नै आयो । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरुको एकिकरण पश्चात बनेको नयाँ नेकपा पनि धेरै समयसम्म एकजुट हुन सकेन । नेकपा एमाले र माओवादी छिन्नभिन्न भएपछि सरकार पनि टिक्न सकेन । नेकपा एमालेका दुई नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब नेपालको झगडाले पार्टी छिन्नभिन्न भएको छ । पार्टीको झगडाका कारणले प्रदेशमा बनेका नेकपा एमालेको नेतृत्वका सरकार पनि गरिेका छन् । यस्तोमा सांसदहरु बिच समुह फेर्ने प्रचलन पनि बढिरहेको छ । आज केपी ओली समुहमा भएको सांसद तथा नेता माधब नेपाल समुहमा देखिएको छ भने माधब नेपाल समुहमा भएको सांसद वा नेता केपी ओली समुहमा देखिएको छ । तनहुँ जिल्लामा पनि लामो समयसम्म केपी ओली समुहमा रहनुभएका तनहूँ क्षेत्र नंं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान माधब नेपाल समुहमा गएपछि कार्यकर्ता माझ असमन्जस्यता देखिईरहेको छ यसै परिप्रेक्ष्यमा तनहूँ जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सांसद रामबहादुर गुरुगंसग सर्वज्योतिका प्रधान सम्पादक माधब पौडेलले गरेकोे कुराकानी संक्षेपमाः
प्रश्नः दुई तिहाई नजिक भएको पार्टीको सरकार पनि ढल्र्यो , नेकपा एमाले पनि टुक्रियो यस्लाई कम्युनिष्ट पार्टीको नेता र प्रदेश सांसद भएको नाताले तपाईले कसरी लिनुभएको छ ?
पार्टी विभाजन भयो भन्दैमा सच्चा कम्युनिष्ट अर्थात नेकपा एमालेहरु आत्तिनुभएन । सूर्य चिन्हबाट चुनाव जितेर आएकाहरु पनि आत्तिनुभएन, सूर्य चिन्हमा मत दिनेहरु पनि आत्तिनुभएन , यस्तै हो ठुलो रुख भएपनि किरा लाग्छ , केहि फलहरु कुहिएका झर्छन् , कोहि कोहि रुखमा मिठो फल लाग्छ होला भनेर केहिसमय साखुल्य बन्न आएका हुन्छन् फल चुस्न नपाएपछि टाढिन्छन् त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ । कुहिएका फलहरु झरे भन्दैमा, त्यो रुखलाई नसुहाउने पातहरु बलजफति टाँसिएका बस्नुपर्छ भन्ने छैन त्यस्ता पातहरु झरेका हुन् कत्ति पनि चिन्ता मान्नु नै पर्दैन । , नेकपा एमाले ठुलो रुखको २० २२ प्रतिशत पातहरु उडेर, खसेर जादैमा रुख नागों हुदैन झन् नयाँ पातहरु पलाउछन् । नेकपा एमाले अलिकति चोईटिएर जादैमा एय अब एमाले सकियो भन्ने कसैले नसोचे हुन्छ, कसैले एमाले भनेको त म मात्र हुँ भन्ने सोचेको छ भने त्यो नसोचे हुन्छ त्यो एउटा भ्रम हुनेछ । एमाले एउटा सोच हो, एमाले लाखौ नेता तथा कार्यकर्ताको त्यागको फल हो । कसैले म त्यो पार्टीमा भईन भने त्यो पार्टी केहि सकियो भन्ने भ्रम नपालेपनि हुन्छ । जनताको विश्वास र त्यागले बनेको पार्टी हो एमाले, जनताको अपार माया छ एमालेलाई । सूर्यलाई हत्केलाले छेकेर सकिन्छ र ? केपी ओलीको सरकार हटेको कति दिन भयो हेनुर्स त मन्त्री मण्डल गठन गर्न रडाको, आखिर के को लागि रहेछ त राष्ट्रवादी केपी ओलीको सरकार हटाएको जनताले बुझिरहेका छन् हेरिरहेका छन् महिनादिन पुग्दा पनि मन्त्रीमण्डल गठन गर्न गारो अनि यो सरकारले जनताको लागि काम गर्छ भन्ने कस्ले पत्याउछ ?
प्रश्नः केपी ओलीको कार्यशैली ठिक नभएको कारणले दुइतिहाई नजिकको सरकार पनि रहेन, एकिकरण भएको पार्टी पनि रहने हुदाँहुदा नेकपा एमाले पनि रहेन भन्ने गरिन्छ नि यसमा के छ तपाईको धारणा ?
प्रश्नः दुई पार्टी एकिकरण बनाएर नेकपा बनाउदा खासै माओवादी स्वार्थको कारणले मिलेको हो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ठुलो मन बनेर मिलाउनुभएको हो । केपी ओलीको लोेकप्रियता बेचेर चुनावमा धेरै सिट जित्ने अनि उस्लार्ई काम गर्न नदिएर खेदो खन्ने अनि बाहिर गएर केपी ओलीको विरोध गर्ने ? के मा चित्त बुझेन भन्नुपर्यो, एउटै पार्टीमा भएर पनि सरकारलाई खाली भागवण्डामा मात्र अड्काईरहने ? सरकारलाई काम गर्न नदिने ? माओवादीबाट एकिकरणमा आउनुभएका साथीहरु र माधब नेपाल पक्षका सार्थीहरुले के पी ओली सरकारले गरेका कुनै राम्रा कामहरुको प्रशंसा गरेको सुन्नु भएको छ ? खाली विरोध मात्र गरेर हुन्छ र ? ल केपी ओली सरकारका नराम्रा कामहरु पनि होलान् तर के गर्व गर्न सकिने, भन्न सकिने राम्रा कामहरु छैनन् र ? उहाँहरुले यो चाँहि केपी ओली सरकारले गरेको राम्रा काम भनेको कहिल्यै सुन्नुभयो छैन नि ? त्यसैले माओवादी एमालेमा मिलेपछि त्यसमा राज गरौला भनेर आएका थिए सकेनन् अनि माधब नेपाल पक्षलाई उचालेर छिन्न भिन्न बनाउन खोजेका हुन् । सबै मिलेर ठुलो हुने हो, कुण्ठाको लागि अहंमताको लागि फुटेर ठुलो बनिदैन नेताहरुले बुझ्नुभएन ।
प्रश्नः तपाईहरुको पार्टी बिचको फुट, कम्युनिष्ट बिचको फुटको कारणले देशभर नै प्रदेश सरकारबाट नेकपा एमालेले हात धुनुपरको छ त्यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
हामी पार्टीको कार्यकर्ता र सांसद भए पनि नेपाल र नेपालीको हितमा काम गर्नुपर्छ भन्ने सोच्ने कारणले जुनसुकै पार्टीले सरकार चलाए पनि आपत्ति छैन तर देश निर्माणमा राम्रो काम भयो कि भएन त्यो सोच्ने हो । जस्तै गण्डकी प्रदेश सरकार कै कुरा नेकपा एमालेको सरकारले गरेका राम्राहरु रोकेर कार्यकर्ता पोस्ने काम भईरहेको छ त्यो त जनताले देखेका छन् नि, हामी सरकारमा भयौ कि भएनौ ठुलो कुरा होईन जनतामारा सरकार हुनुभएन कार्यकर्ता पोस्ने सरकार हुनुभएन । अहिले जुनसुकै प्रदेशमा हेरेपनि जनताको काम गर्ने भन्दा पार्टीको काम गर्ने सरकार आएको कारणले हामीलाई त फाईदा भएको छ । केपी ओलीको सरकार र नेकपा एमालेका मुख्यमन्त्रीहरुको जत्ति अहिलेको कुन सरकारले काम गरेको छ भन्नुस् त ? विदेशी सुरक्षाकर्मीले तुइन काटेर खसालेको भनेर तमाम प्रत्यक्षदर्शीले भन्दा पनि साँचो बोल्न डराउछ सरकार, केपी ओलीको सरकारले जारी गरेको नेपालको नक्शाको उच्चारण गर्न समेत डराउछ सरकार । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंले मध्यनेपाल नगरपालिकाको सोतिपसल नजिकै चर्दिमा पुल पार्नुभएको थियो गण्डकी प्रदेशको कांग्रेस सरकार आएपछि एमालेले बजेट पारेको पुल बनाउनु हुदैन भनेर बजेट रोकिदिनुभयो यहि हो त सरकारले गर्ने काम ? समग्रमा भन्दा जताततै सरकारका कामहरुले गर्दा नेकपा एमालेलाई धेरै फाईदा भएको छ ।
प्रश्नः अहिले प्रदेश तथा संघिय सांसदहरु मन्त्री पायो भने पार्टी चेन्ज गर्न र गुट चेन्ज गर्न कत्ति पनि बेर लगाउदैनन् भन्ने देखिईरहेको छ रामबहादुर गुरुगंको सवालमा त्यस्तोे समय आउला कि नाई ?
मेरो बारेमा त म क्लियर छु । मत सूर्य चिन्ह लिएर चुनाव जितेको मान्छे हुँ । पार्टीको निर्णय नभईन्जेलसम्म मन्त्री त के मुख्यमन्त्री पाए पनि पार्टी छोड्दिन । म नैतिकता भएको गुरुगंको छोरा हुँ, मलाई यति माया गरेर चुनाव जिताउने पार्टी र ति कार्यकर्ता छोडेर कसरी जानसक्छु ?
प्रश्नः नेकपा एमालेको फुटले देशभर त असर पारेको छ तनहूँमा पनि क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ केपी ओली समुह छोडेर माधब समुहमा जानुभएको छ यस्ले कत्तिको असर पार्छ भन्ने लाग्छ तपाईलाई ?
उहिलेका बुढापाकाको कुरा मान्ने हो भने मेरा बाजेले भन्नुहुन्थ्यो जंगलमा डढेलो लागेपछि नयाँ पालुवा पलाउछ रे अहिले अलिकति साथीहरु चोईटिदा त्यस्तो पनि लागेको छ भने कार्यकर्ताहरु पनि मुर्छित छन् २६ , २७ बर्षसम्म एकछत्र राज गरेका रामचन्द्र पौडेललाई पराजित गर्न भनेर जिउज्यान दिएर किसानजीलाई जितायौ आज मान्छे चिन्न गल्ती भयो भनेर एकदमै पछुताईरहेका छन् । तर पनि संगठन त एउटा मान्छे जादैमा सकिदैन भनिरहेका छन् । तैपनि पार्टी रोज्नु त किसानजीको अधिकारको कुरा हो , भोलि म अर्को पार्टीमा पनि जानसक्छु , उहाँको अधिकारलाई हामीले अन्यथा सोच्नु हुदैन । होला किसानजीका पनि केहि असन्तुष्टि थिए होलान् अझै पनि एमालेमा फर्किनुहुन्छ भन्ने मलाई विश्वास छ । नेकपा एमालेका सबै कार्यकर्ताको नयाँ पार्टीमा जाने सबै मित्रहरुलाई एउटा प्रश्न छ केपी ओलीसग मन नमिलेको भए पनि ठिक छ, नयाँ पार्टी बनाएको भए पनि ठिक छ तर शेरबहादुर देउवालाई भोट हाल्न कसरी सक्नुभयो ? त्यो बेला सूर्य चिन्ह अलिकति याद आएन ? जनता तथा कार्यकर्ताले सोध्नेछन् सूर्य चिन्हबाट विजयी भएर गएर आफ्नै पार्टीमा ग्रहण लगाउदै शेरबहादुर देउवालाई मत दिदा हात कामेन ? यस्को जवाफ माधब नेपालको पछि लाग्नेहरुसग जनताले धेरै पटक माग्नेछन् ।








