तनहूँ । तनहूँको सदरमुकामा दमौली वजारको दुर्गा मन्दिर परिसरमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको दुर्गा मन्दिरको पाटीमा नाम, थर, वतन नखुलेको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
बर्ण गहु गोरो, ठिक्कको शरिर भएको, उचाई ५ फिट ६ ईन्च भएको, हल्का दारी जुगाँ आएको, हल्का छोटो कालो कपाल भएको, दाया कानको लुपीमा कालो टप, दाया हातको नाडीमा कालो प्लाष्टिकको घडी, रातो पहेलो रक्षा बन्धन धागो, बाया हातको नाडीमा कालो लव्वरको चुरा, गुलावी धागोमा कालो पहेलो गेडी भएको रक्षा बन्धन धागो बाधेको, खैरो ट्रयाक पाईन्ट, भित्री कालो ग्याम कट्टु लगाएको एकिन नामथर वतन नखुलेको ,शव हेर्दा ३५, ३६ बर्षको जति देखिन्छ तर कहाँबाट, कसरी यसस्थानसम्म आईपुग्यो र परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपि युवराज तिमल्सेनाको भनाई छ ।
शवको पहिचान नखुलेको कारण जिल्लाभर परिपत्र जारि गरि उक्त व्यक्तिको परिचय खोज्ने र अन्य अध्ययन अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
घुमन्तेको रुपमा आउने मानिस मन्दिरको प्रतिक्षालयमा बसेपश्चात मृत्युभएको हुन सक्ने स्थानियको आशंका रहेको छ ।








