बर्षाका कारण घर भत्किँदा पाल्पामा १० वर्षीया बालिकाको मृत्यु

  • ख-
  • ख+

पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो । (रातोपाटी) (तस्विरः सांकेतिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?