कोरोना संक्रमण मुक्त कलाकार मनोज गजुरेल

  • ख-
  • ख+

आरजु पौडेल । काठमाडौं । हाँस्य व्यगंको माध्यमबाट जनता चेतना फैलाउने र बिशेष गरि बिकृति बिसंगतीहरुप्रति चोटिलो प्रहार गर्ने कलाकार मनोज गजुरेल कोरोना ( कोभिड १९) संक्रमणबाट मुक्त भएर घर फर्कनुभएको छ । यसको जानकारी गजुरेल स्वयंले फेसबुक मार्फत दिनुभएको हो ।
११ दिनको अस्पताल बसाइँ पछि फर्कनुभएका गजुरेल घरमा आराम गरिरहेको पनि वहाँले बताउनुभएको छ । साथै वहाँले केही दिन पश्चात पूर्ण स्वस्थ भएर काममा फर्किने पनि बताउनुभएको छ ।।

कात्तिक १० गते वहाँको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्नुभएका वहाँ अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो । वहाँ आईसियुमा रहदा सम्बन्ध बिच्छेद भएकी वहाँकी श्रीमती मिना शर्माको भावुक फेसबुक स्टाटसले निकै चर्चा पाएको छियो ।
(तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?