भानु नगरपालिका १ निवासी सुनिलको बोलेरोको ठक्करबाट मृत्यु

  • ख-
  • ख+

तनहूँ । बोलेरोको ठक्करबाट तनहूँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहूँको म्याग्दे गाउँपालिका–२ साठीमुरे भन्ने स्थानमा बुधबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दमौलीबाट थर्पुतर्फ जाँदै गरेको ग ३ च २४४३ नंको बोलेरोले विपरीत दिशामा गुडिरहेको बा ६५ प ४६६० नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सार्की सख्त घाइते हनुभएको थियो ।

घाइते सार्कीको दमौलीको अस्पतालमा सामान्य उपचारपश्चात गण्डकी मेडिकलमा सिफारिस गरिएको थियो । उपचारका क्रममा उहाँको सोही मेडिकलमा मृत्यु भएको हो । बोलेरो र त्यसका चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय विनोद श्रेष्ठ प्रहरी नियन्त्रणमा राखिएको छ ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?