पोखरामा ठुलो मात्रामा लागूऔषधसहित गोर्खाका युवक पक्राउ

  • ख-
  • ख+

कास्की । पोखरामा ठुलो मात्रामा लागूऔषधसहित गोरखाका एक युवक पक्राउ परेका छन् ।

गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं. ६ घर भई पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङ ३३३ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका अनुसार गुरुङ डाइजापाम १११ थान , फेनरागन १११ थान र नुर्फिन १११ थान एम्पुलसहित मंगलबार दिउसो ४ः३० बजे पृथ्वीचोक बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?