चट्याङ लागेर रुपन्देहीमा वालकको मृत्यु, पाँच घाइते

  • ख-
  • ख+

रूपन्देही । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

मर्चवारी गाउँपालिका-३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साँझ साढे ५ बजेपछि २ जना खेतबाट घाँस काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । सँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले जानकारी दिए ।

घाइतेहरूको उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?