तनहूँ । नेताहरु कतिसम्म गैरजिम्मेवार हुन्छन् भन्ने कुरा तनहूँका १ जनप्रतिनिधीले देखाएका छन् । चुनावमा जनतालाई झुटा आश्वासन बाड्ने त सधै हुदै आईररहेको थियो अब नेताले व्यापारी व्यवसायी तथा गरिब मजदुरलाई काम गराएर पारिश्रमिक नदिएको खबर भेटिएको छ । २०७४ सालमा भएको स्थानिय निर्वाचनमा गाडी प्रयोग गरि गाडि भाडा र मजदुरको भत्ता नतिरेको समाचार प्राप्त भएको छ । यसरी स्थानिय निर्वाचनमा गाडि भाडामा लिई नतिर्ने जनप्रतिनिधीहरुमा हुनुहुन्छ तनहूँ जिल्ला ऋषिगं गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ।
श्रेष्ठले आफु गाउँपालिकाको अध्यक्ष उमेदवार भएपछि चुनाव प्रचारको लागि व्यास १ गल्बुबेसीचोकमा निरज ईन्जिनियरिगं बर्कसप एवं ग्यारेज भएका संचालक निरज थापासग स्कार्पियो भाडामा गाडि लिनुभएको थियो । चुनावमा विजयी भएपश्चात उहाँले केहि रकम दिनुभयो तर ३५ हजार गाडिको भाडा र मजदुरको ९ हजार भत्तासहित ४४ हजार रुपैया भुक्तानी गर्नुभएको छैन । ग्यारेज संचालक निरज थापाका अनुसार गाउँपालिका ”अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसग पटक पटक फोन सम्पर्क गर्दा केहि दिनमै दिने वाचा गर्ने तर यत्रो बर्षसम्म भुत्तानी गर्नुभएको छैन । एकपटक त श्रेष्ठले कांग्रेसका नेता रधुनाथ पौडेललाई भेट्न आग्रह गरि पौडेललाई भेट्दा पौडेलले चु्नाव खर्च दिईसकेको र मलाई श्रेष्ठलाई नै भेट्न भन्नुभएको थियो त्यसपछि पनि पटक पटकको फोन सम्पर्कमा दिने कुरा गर्नुहुन्छ तर दिनुहुदैन ” थापाको भनाई रहेको छ । ”हामी त मोटरको टायर पंचर टालेर, गाडि भाडा लगाएर , कमाएर पेट पाल्ने मजदुर मानिसलाई पनि गाउँपालिकाका अध्यक्ष जस्तो जनप्रतिनिधीले बर्षौसम्म नराम्रोसग झुलाईरहनुभएको छ, मेरो गाडिमा चालकको काम गर्ने मजदुरभाईको भत्ता पनि मजासग पचाईरहनुभएको छ लौन हजुर हाम्रो पिडा पनि सुनाईदिनुपर्यो ” गाडिभाडा दिने ग्यारेज संचालक निरज थापाको दुखेसो रहेको छ ।
४ बर्ष अगाडिदेखिको ऋषिगंका डाँडाकाडामा ज्यान बाजी राखेर गाडि चलाउदा र उहाँलाई विजयी गराउदा पनि भत्ता नपाएका मजदुर चालक निन्याउरो मुख लगाउदै भन्नुहुन्छ ”के गर्ने हजुर नेताहरुले आफुले बोलेको पुरा गर्दैनन् भन्थे हो रहेछ हामीजस्तो गरिब मजदुरको परिश्रमको कमाई खानेहरुले जनताको सम्पत्तिमा के गरेका होलान् ?”
अर्को स्थानिय निकायको निर्वाचनको समय आईसक्दा त्यतिबेलाका उमेदवार हालका जनप्रतिनिधी ऋषिगं गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले चुनाव प्रचारमा प्रयोग गरेको गाडिभाडा र मजदुरको भत्ता नतिरेको प्रश्न उठिईरहदा नेताहरुले जनतासग गरेको वाचा कसरी पुरा गरेका होलान् सर्वसाधारणहरु एकआपसमा प्रश्न गरिरहेका छन् ।









