६ जनाको सामुहिक हत्या गर्ने हत्यारा समातिएको प्रहरीको दावी

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । संखुवासभा मादी नगरपालिका वडा नंं १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार पक्राउ गरेको र ति युवा हत्या भएका परिवारको नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता कार्की , ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

मृतकको घर र आरोपित कार्कीको घर करि १५० सय मिटरको दुरीमा रहेको र , कार्कीको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको छ।

‘केही प्रमाणहरु जुटाउन बाँकी रहेकोले भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने ’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभएको छ।

प्रहरी अनुसन्धानको निष्कर्षमा पुगेको र घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा जानकारी दिने दाहालको भनाई रहेको छ ।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका कार्कीले पारिवारीक दुश्मनीका कारण घटना घटाएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।
बिहान साढे ५ देखि ६ बजेको बीचमा भएको घटनामा परिवारका ६ जनाकै शव छुट्टाछुट्टै चार वटा स्थानमा फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो।

सार्वजनिक गर्न लागिएका कार्कीलाई आफुलाई हेपेको कारणले हत्या गरेको बताएको पनि प्रहरीले बताएको छ साथै कार्कीले केहि समय अगाडिदेखि मानसिक रोगको औषधी खाईरहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?