नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ

  • ख-
  • ख+

वीरगञ्ज । बाराबाट प्रहरीले जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका ३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका ५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका ९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि ९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका ५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।

तारा इन होटलमा कोठा भाडा लिइ केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोकरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र BR 05 Q 4610 नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २/०३/००१प ४२६५ नं.को २२० CC पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?