तनहूँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता हुनुभएको छ । मंगलबार दिउँसो तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ लालिमकी १९ बर्षिय पवित्रा लम्साल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँन दुई जना साथीसग जानुभएकी लम्साल नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।
लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । लम्साललाई नदीतिर अगाडि बढ्दै गर्दा साथीहरुले चिच्याउँदै ‘नजा भनेको के’ भनेको एक भिडियो भेटिएको छ । बेपत्ता लम्सालको प्रहरीले खोजी गरिरहेको छ ।








