तनहूँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिका मनपर्दी रुपमा खर्च गरिएकोले असुल उपर गर्न आग्रह गरेको छ । तर महालेखा परीक्षकको कार्यालयले आग्रह गरेपनि ”हालसम्म कोहि कर्मचारी र जनप्रतिनिधि उक्त रकम फिर्ता गर्न नआएको” बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेशबाबु सुवेदीले बताउनुभएको छ । कोरानको महामारीको समयमा स्वास्थ्यकर्मीलाई १ महिनाको भत्ता अन्य कर्मचारी र जनप्रतिनिधिले महिनाको भत्ता बुझेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ र प्रतिवेदनमा प्रष्टसग उक्त रकम असुल उपर गर्नुपर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीका अनुसार ”कार्यपालिका बैठकमा छलफल हुने र कम असुल उपर का लागि चिट्ठी काटिने ” बताउनुभएको छ । ”मौखिक जानकारी गराईसकिएको र कार्यपालिकाको नियमित बैठक असोज १० गते हुने” पनि उहाँले जानकारी दिनुभएको छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार बन्दीपुर गाउँपालिकाले भत्ता वितरणमा मनपरी गरेको प्रतिवेदनमा जनाईएको छ । स्वास्थ्यकर्मीलाई १ महिनाको मात्र भत्ता उपलब्ध गराएकोमा प्रशासनिक कर्मचारी तथा पदाधिकारीलाई ४ महिनाको पूरा अवधिको तलब बराबरको १२ लाख ११ हजार खर्च गरेको छ । कोरोना भाइरस संक्रमणको उपचार संग्लन जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेशले चैत ९ गतेदेखि मात्र भुक्तानी दिने उल्लेख गरिएकोमा चैत १ गतेदेख नै लागू हुने गरी भत्ता भुक्तानी गरेकाले ८१ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।
प्रत्यक्ष संग्लन जनशक्तिबाहेक प्रशासनिक जनशक्तिलाई ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेमा चार महिनाको सबै भत्ता भुक्तानी गरेकाले बढी भुक्तानी भएको ५ लाख ६५ हजार रुपैयाँ असुल गर्न भनेको छ । आदेशअनुसार पदाधिकारीलाई भत्ता दिन मिल्ने देखिँदैन । तर, बन्दीपुरले प्रमुख र उपप्रमुखलाई समेत तलब स्केल ३८ हजार र ३६ हजार रुपैयाँका दरले ४ महिनाको २ लाख ९६ हजार रुपैयाँ भुक्तान गरेको भेटिएको छ । ‘आदेशविपरीत हुने गरी भत्ता दिनु मनासिव देखिएन’, महालेखाले भनेको छ ।
सर्वसाधारणले विभिन्न शिर्षकमा राजश्वहरु तिर्दा केहि दिन कटेपनि जरिवाना लिने गरेका स्थानिय निकायहरुले कोरोना महामारीको मौका छोपि जनताकाले दुःख गरेर तिरेको राजश्वमा अनियमितता गर्ने कर्मचारी तथा जनप्रतिनिधीबाट जरिवाना तिराउला कि नतिराउला ? सर्वसाधारणले उत्सु्कताका साथ नियालिरहेका छन् । कतै कार्यपालिकाको बेठकमा भत्ता बुझियो पचाईयो तिर्नुपर्दैन कसैले भन्ने निर्णय आउछ कि भनेर व्यग्रताका साथ सर्वसाधारणले प्रतिक्षा गरिरहेका छन् ।
”सबैले भत्ता खाँउ भन्नुभयो, मज्जासग लाखौ रकम समातियो, पचि पनि सक्यो नि अब कसरी फिर्ता गर्ने ?” एक जना जनप्रतिनिधि नाम नलेख्ने सर्तमा बताउनुहुन्छ ।








