तनहूँ । डिभिजन वन कार्यालय तनहूँको मिलेमतोमा वृक्षरोपणमा ठुलो आर्थिक चलखेल भएको भेटिएको छ । देवघाट गाउँपालिकाको वडा नं. ५ को देवघाट धार्मिक क्षेत्रको सडक किनारमा वृषारोपण गर्दा १० लाख खर्च गरिएको छ । जम्मा ४८५ विरुवा वृक्षारोपण गर्दा उक्त रकम खर्च भएको डिभिजन वन कार्यालय तनहूँले जनाएको छ । दासढुगांदेखि देवघाट जाने बाटोमा गरिएको वृक्षरोपणमा विरुवालाई ट्रि गार्ड (तारजाली ) ले घेरिएको छ । डिभिजन वन कार्यालय तनहूँले उपलब्ध गराईएको विरुवा जोगाउनको लागि लगाईएको तार जाली एकदमै सानो, खाल्टो खनिएको छ । सब डिभिजन कार्यालय देवघाटका सहायक वन अधिकृत नवराज घिमिरेका अनुसार ”देवघाट गाउँपालिकाबाट मुल्याँकन भईआएकोले जे जस्तो गल्ती भएपनि उहाँहरुको रहेको” बताउनुभएको छ ।
मुस्किलले मानिसले हात छिराउन सकिने ट्रि गार्ड (तारजाली) ले विरुवा जोगाउन खोजिएको जस्तो देखिए पनि खर्च देख्दा मानिसले आशंका गर्ने प्रशस्त ठाउँहरु रहेका छन् । खाल्टा खन्नको लागि मानिसहरुले श्रमदान गरेको बताईरहदा भर्खर रोपेको विरुवा छोप्न बनाईएको तारजाली त्यो पनि मुस्किलले हात छिराउन सकिने त्यस्को मुल्य त्यति महगों ? बजारमा सजिलै ६, ७ सय देखि १ हजार रुपैयामा प्राप्त गरिने जालीको मुल्य २ हजार ६१ रुपैयाभन्दा बढि ? किन एउटै विरुवा रोप्दा २ हजार ६१ रुपैया खर्च ? भनेर वृक्षरोपण संयोजन गर्नुभएका लियो क्लब अफ् देवघाट चौतारीका प्रतिनिधि आत्माराम पाण्डेसग सम्पर्क गर्दा ” ढुवानी, लकडाउन, ज्याला, मलका कारणले महगों पर्न गएको” बताउनुभएको छ ।
यसै बिषयमा डिभिजन वन कार्यालय तनहूँका कार्यालय प्रमुख कोमलराज काफ्लेसग सम्पर्क गर्दा ”उक्त स्थानमा स्थानिय सरकार वडा कार्यालय तथा देवघाट गाउँपालिकासग समन्वय गरेर वृक्षारोपण गरिएको हुनाले को को छन् आफुलाई थाहा नभएको र त्यहाँ बदमासी गरेको भए त्यहाँका स्थानिय निकाय, त्यहिका उपभोक्ता समितिले गरेको , त्यहाँ त्यस्तो केहि बदमासी भएको रहेछ भने फेरि चिठ्ठी काटेर पठाउने ”बताउनुभएको छ साथै उहाँले ”स्थानिय निकाय, सब डिभिजन कार्यालय देवघाटबाट सिफारिस भएर आएकोले रकम निकासा गरिएको ” बताउनुभएको छ ।
सर्वसाधारणले राजश्व तिरेर जम्मा भएको पैसा वृक्षारोपणको नाममा एउटै बिरुवा रोप्दा हजारौ रुपैया खर्च गर्नु र अनुगमन गर्ने कर्मचारी फिल्डमा खटिदा सन्तोषजनक काम नदेखिईकन अनुगमन पास हुनुमा डिभिजन वन कार्यालय तनहूँ र सब डिभिजन कार्यालय देवघाटको पुरापुर मिलेमतोमा भएको देख्न सकिन्छ ।
४८५ बिरुवा रोप्दा १० लाख खर्च गर्दा देखिएको अनियमितामा सम्वन्धित कार्यालय डिभिजन वन कार्यालय तनहूँ कार्यालयका सम्बन्धित कर्मचारीहरु खोई हामीलाई त केहि थाहा छैन , यो त स्थानिय निकायको कुरा हो भनेर तर्किन खोज्नु , महिनौदिनसम्म यसबारेमा प्रश्न उठ्दा केहि नगर्नु र पत्रकारले फोन गरेपश्चात फेरि अनुगमन गर्छौ भन्दै गल्तीहरु ढाकछोप गर्न खोज्नुले गम्भिर प्रश्न खडा भएको छ ।








