दमौली नजिक ट्रक दुर्घटना, चालकको मृत्यु

  • ख-
  • ख+

तनहूँ । बिहिवार राति करिब १२ बजेको समयमा दमौली बजार नजिक मुसेखोलामा ट्रक दुर्घटना भएको छ । व्यास नगरपालिका वडा नंं १२ मुसेखोलामा भएको दुर्घटना हुदा करिब २८ बर्षिय ट्रक चालकको घटनास्थलमा ज्यान गएको छ ।

मुग्लिनतिरबाट पोखरा तर्फ जादै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक पृथ्वी राजमार्गको मुसेखोलामा सडकदेखी करिब १० मिटर तल बुल्दि खोलामा खसेको थियो ।
उक्त दुर्घटनामा घाइते ट्रकमा सवार नवलपरासी कावासोती निवासी १४ वर्षका राजकुमार वि.क. घाइते छन् । रातिको समयमा भएको हुनाले उद्धारमा कठिनाई भएको र घाईते वि.क.को बाँया हातको कुइना, दुवै खुट्टामा चोट लागेकोले दमौलीको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?