राजनितिक दलको विभिन्न पदमा बस्ने शिक्षकको जागिर जाला कि नाई ?

  • ख-
  • ख+

राजनिति गर्छु भनेर होमिएपछि शिक्षक पेशा छोड्न नचाहेर पार्टीमा त म थिदै थिईन नि भनेर नाम केरमेट गरे आउने पुस्ताले त्यति पनि योगदान गर्न नसक्ने भनेर पार्टी कार्यकर्ताले मुल्यांकन गर्ने पक्का छ । गुरु अर्थात शिक्षकहरु बिलखवन्दमा हुनुहुन्छ नेपाली कांग्रेसको वडा अधिवेशनमा विभिन्न पदमा चुनिनेहरु हुदाँखादाको जागिर खाँउ कि राजनिति गरुँ ?


तनहूँ । शिक्षकहरु शिक्षित मानिस हुने, गाउँ गाउँमा जाने, विद्यार्थी र अभिभावकसग प्रत्यक्ष सम्पर्कमा रहने, शिक्षित मानिसको कुरा समाजले छिट्टै विश्वास गर्ने भएकोले पंचायतकालमा शिक्षकलाई आफ्नो मान्छे बनाई गाउँ गाउँ पठाउने गरिन्थ्यो । नेपालका राजनितिक दलका नेताहरु भुमिगत कालमा शिक्षकको आवरणमा गाउँ गाउँमा जनचेताना फैलाईरहेको र राजनितिक चेत फैलाईरहेको पाईन्थ्यो । बहुदल र आएपछि पनि निजी विद्यालयका शिक्षकहरु राजनितिक दलमा आवद्ध हुदै संघ र संगठनहरु खोल्न नसकेपनि सरकारी र पछि सामुदायिक भएका विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सहभागिता ज्यादै नै रहेको छ । सरकारी स्कुलमा जागिर खाने र राजनिति नगर्ने हो भने विभिन्न लाभहरु लिन सकिदैन भन्ने मानसिकताले गर्दा शिक्षकहरु संघ तथा संगठनमा तछाडमछाड गर्दै आवद्ध भएको पाईन्छ । राजश्वबाट तलब खाने शिक्षक अर्थात गुरुहरुको संघ संस्थाको चुनाव हेर्नुपर्दछ कुनै राजनितिक पार्टीको चुनावभन्दा भव्य हुने गर्दछ । गुट उपगुटमा विभक्त हुनु , आफ्नो नेताको गुणगान गाउनु त गुरुहरुको सामान्य दिनचर्या नै हुने गरेको छ । राजनितिमा लिप्त गुरुहरुलाई आफुले पठाएको विद्यालयको हालत कस्तो थाहा हुदैन त्यसलाई कसरी सुधार गर्नुपर्छ थाहा हुदैन तर आफ्नो नेताको सर्मथक र विरोधी कति छन् सब् थाहा हुन्छ । उहाँलाई आफ्नो विद्यार्थी अर्थात भविष्यको कर्णधारले कति नम्बर ल्यायो भन्दा पनि बढि मेरो नेताको गुटमा कति मान्छे छन् तयो कन्ठस्त हुन्छ । हाम्रा गुरुहरुलाई विद्यार्थीको नम्बर कम आए केहि सुर्ता लाग्दैन उहाँहरुको नेताले कम भोट ल्याएर चुनाव हार्छन् कि भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।
त्यस्तै दृश्य यसपटकको नेपाली कांग्रेसको अधिवेशनमा देखिएको छ । बिशेष गरि व्यास नगरपालिकाको वडा अधिवेशनको समाप्तिसगै गुरु पेशालाई सम्मान गर्ने कम राजनिति बढि गर्ने शिक्षकहरु क्षेत्रिय प्रतिनिधि तथा नेपाली कांग्रेसको वडा कमिटिमा बस्नुभएको छ ।
व्यास नगरपालिकामा बालबन्दिर विद्यालयका शिक्षक तथा शिक्षक नेता पदम खनाल क्षेत्रिय प्रतिनिधिमा चयन हुनुभएको छ भने शिक्षक शंकर परिवार पनि क्षेत्रिय प्रतिनिधि बन्नुभएको छ । वडा नं. १ मा रहेको जलदेवी माध्यमिक विद्यालयबाट सुलोचना पण्डित, गिरीमाया मिश्र, मोहन गिरी, ज्ञानेन्द्र जिसी क्षेत्रिय प्रतिनिधि चुनिनुभएको छ । जनजुक्त शाही मा.वि. व्यास ५ का प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपाने पनि क्षेत्रिय प्रतिनिधि बन्नुभएको छ । व्यास १ को मत्स्यकन्या आधारभुत विद्यालयकी शिक्षक चन्द्रावति हड्खले, पराशर आधारभुत विद्यालयका शिक्षक रामदत्त खनाल, महर्षि वेदव्यास विद्यालयका शिक्षक नरेन्द्र न्यौपाने पनि नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि बन्नुभएको छ । देवघाट गाउँपालिकाका शिक्षक कृष्ण खनाल र म्याग्दे गाउँपालिकाका शिक्षक नारायण खनाललाई पनि शिक्षकहरु कुनै पनि राजनितिक पार्टीको कार्यकारी पदमा बस्नको लागि शिक्षा नियमावली रोक्छ भन्ने कानुनले छुदै छोएन । त्यसै गरि व्यास नगरपालिका वडा नं. १० को नेपाली कांग्रेसको वडा कमिटिको सचिवमा श्रीकृष्ण आचार्य लगायतका थुप्रै शिक्षकहरु पार्टीको विभिन्न पदहरुमा तछाडमछाड गर्दै बस्नुभएको छ ।

”शिक्षा नियमावलीमा नै शिक्षकले कुनै पनि राजनितिक दलको कार्यकारी पदमा बन्देज लगाएको छ नि ” भनेर प्रश्न गर्दा शिक्षकका एकजना नेता नाम नछाप्ने सर्तमा ”बहुदल आएपछि राजनिति झनै हावि भयो भने सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय कम नेताहरुको घरदैलो चाहार्दै सरुवा बढुवामा रमाउने प्रवृत्ति मौलाएको कारणले गर्दा पनि एय ! पठाउनुभन्दा राजनिति पो गर्नुपर्दो रहेछ भन्ने संस्कार मौलाएको हो । अब देशको नियम कानुन मान्ने र नमान्ने त भविष्यका कर्णधार उत्पादन गर्ने शिक्षक अर्थात गुरुहरुले आफै बुझ्नु जरुरी रहेको ” बताउनुहुन्छ । उहाँसग ”तपाई त एउटा विद्यालयको प्रधानाध्यापक, शिक्षित मान्छे तपाईले बोलेको कुरामा तपाईको नाम राख्दा के बिग्रन्छ र ? ” भन्दा ”माधबजी बल्ल बल्ल धेरै बर्ष पछि घरपाई मिलाएर बच्चाबच्ची श्रीमतीसग बस्न पाएको छु मेरो नाम कोट गरेर मलाई समस्यामा नपार्नुस् है प्लिज , तपाईको समाचारले गर्दा मेरो सरुवा हुन सक्छ ।” यसबाट पनि राजनिति गर्ने शिक्षकहरु कत्तिको पारफुल हुनुहुदो रहेछ अनुमान गर्न सकिन्छ ।

यसै बिषयमा नेपाल शिक्षक संघ तनहूँका अध्यक्ष कमलभक्त पोखरेलसग सम्पर्क गर्दा उहाँ ”शिक्षकले कुनै पनि राजनितिक दलको कार्यकारी पदमा बसेर राजनिति गर्न नपाउने नियम कानुन भएको समाचार बाहिरिएपछि आफुले धेरै शिक्षकहरुलाई गुरु जस्तो सम्मानित पेशा नत्याग्न आग्रह गरेपछि आँबुखैरेनी लगायतका केहि स्थानहरुमा शिक्षकहरु पार्टीको पदबाट राजिनामा दिनुभएको छ र अझै पनि अरु शिक्षकहरुले शिक्षक अर्थात गुरुको सम्मानलाई कायम राख्दै शिक्षक पेशा छोड्नुहुदैन भन्ने मेरो विचार छ । सो नियम स्थायी , अस्थायी, करार र निजी श्रोतमा शिक्षकमा पनि लागु हुने” पनि उहाँले बताउनुभएको छ । ‘‘म त शिक्षकको नेता भएको कारणलाई सबेलाई सचेत बनाएको छु अब जागिर भन्दा राजनिति प्यारो कसैले भन्नुहुन्छ त म कसो गर्न सक्छु र जोखिम उहाँहरुले नै बेहोर्ने हो” पोखरेलको भनाई रहेको छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न वडा अधिवेशनमा कम्तिमा पनि १ सय जनाभन्दा बढि शिक्षकहरु कार्यकारी पदमा चुनिएर आउनुभएको छ जुन कुरा निर्वाचित तथा मनोनितहरुले सगर्व सामाजिक संजाल र पत्रपत्रिकाहरुमा उल्लेख गर्नुभएको छ ।

शिक्षा नियमावलीले वर्जित गरेको कुरालाई लत्याउदै राजनितिमा होमिन वडा अधिवेशनमा भोकप्यास नभनि, विद्यार्थी र विद्यालय नभनि दिनरात खटेर पद पाउनेहरुले अब पूर्णरुपमा राजनिति अंगाल्नुहोला कि फेसबुक तथा सामाजिक संजालहरुमा राखिएका ठुला ठुला अक्षरमा कोरिएका नामहरु मेटाउनुतिर लाग्नुहोला नेपाली कांग्रेसको नगर अधिवेशन आउदै गर्दा सबैले प्रतिक्षा गरिरहेका छन् । राजनिति गर्छु भनेर होमिएपछि शिक्षक पेशा छोड्न नचाहेर पार्टीमा त म थिदै थिईन नि भनेर नाम केरमेट गरे आउने पुस्ताले त्यति पनि योगदान गर्न नसक्ने भनेर पार्टी कार्यकर्ताले मुल्यांकन गर्ने पक्का छ । गुरु अर्थात शिक्षकहरु बिलखवन्दमा हुनुहुन्छ नेपाली कांग्रेसको वडा अधिवेशनमा विभिन्न पदमा चुनिनेहरु हुदाँखादाको जागिर खाँउ कि राजनिति गरुँ ?

यसै बिषयमा व्यास नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपानेसग एक कार्यक्रममा पत्रकारहरुले प्रश्न राख्दा ‘‘शिक्षा नियमावलीले शिक्षकहरुले कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरेको छ तर म पनि शिक्षक हुदै राजनितिमा आएको हो, नेपालका धेरै राजनितिक दलका नेताहरु शिक्षक हुदै राजनितिमा आउनुभएको हो ” भन्नुभएको छ साथै उहाँसग ”पार्टीको कार्यकारी समितिमा बसेको शिक्षकलाई कारवाही होला कि नहोला ? ” भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ”अब कसैले म राजनिति गर्छु भनेर आफ्नो पेशा नै धरापमा पार्छु भन्छ भने त म के भनुँ र ?”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?