भ्रमण र अनुगमनको नाममा शुक्लामा मोजमस्तिः विना उद्धेश्य ३९ लाख ८ हजार हजार रुपैया खर्च

  • ख-
  • ख+

नियम विपरित करारका कर्मचारीलाई अनेकौ सुविधा कर्मचारीलाई खाजा खर्च दिदा ८ लाख भन्दा रकम बढि खर्च, मनपरि रुपमा गरिएको खर्चमा सरकारी निकायले प्रश्न उठाउदा पनि जनताको सेवा गर्छु भनेर आएका जनप्रतिनिधिहरु मौन

तनहूँ । जनताले रगत पसिना गरेरर तिरेको राजश्वमा जनप्रतिनिधि तथा कर्मचारीहरुले कसरी मोजमस्ति गरिरहेका छन् तनहूँको शुक्लागण्डकी नगरपालिकाले देखाएको छ । कार्यालयबाट भ्रमण तथा अनुगमनमा जाँदा भ्रमणको उद्धेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट राख्नुपर्ने वा देखाउनुपर्ने नियम भएपनि सो संलग्न नगरिकन शुक्लागण्डकी नगरपालिकामा भ्रमण र अनुगमनको नाममा विना उद्धेश्य ३९ लाख ८ हजार रुपैया खर्च गरिएको भेटिएको छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वशनिय वनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियम १९ मा अनुगमन तथा भ्रमण गरेको ठाउँको दुरीको विवरण राख्नुपर्ने उल्लेख छ । तर शुक्लागण्डकी नगरपालिकाले कुनै पनि विवरण नराखिकन जनताको रगत पसिनाको कमाई लाखौ रुपैया भ्रमण र अनुगमनको नाममा खर्च गर्नुलाई सर्वसाधारणले चासोका साथ नियालेका छन् । कार्यालयको लागि आवश्यकिय कागजातहरु पेश नभईकन खर्च भएको देखाउनुलाई सहि सदुपयोग नभएको भन्दै महालेखा परिक्षकको प्रतिवेदनले प्रशस्त दोष औल्याएको छ । उक्त नगरपालिकाले कर्मचारी करारका कर्मचारीलाई नियम विपरित अतिरिक्त सुविधा दिनुका साथै कर्मचारीलाई खाजा खर्चको नाममा नगरपालिकाको निर्णय भन्दै ८ लाख भन्दा बढि रकम बाँडेको छ जुन कुरा नियसंगत देखिदैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?