घोप्टेभीरमा ठुलो पहिरोः नारायणगढ – मुग्लिङसडक सडक अवरुद्ध

  • ख-
  • ख+

चितवन । चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ४ पृथ्वीराजमार्गको घोप्टे भिरमा पहिरो गएर नारायणगढ – मुग्लिङसडक सडक अवरुद्ध भएको छ । रातिको समयमा सडकमाथिबाट परेको पहिरोले दुवैतर्फको बाटो अवरोध भएको छ । रातीदेखि अवरुद्ध सडकको अवरोध हटाउने प्रयास बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो धेरै ठुलो भएकाले बाटो खुल्न अझै समय लाग्ने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?