अर्जुन गुरुगंको झै नाम काटिने त्रासमा तनहूँ कांग्रेसका क्षेत्रिय प्रतिनिधिहरु !

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको महाधिवेशनका बारेमा केन्द्रको विवाद केहि मत्थर भईरहेको बेला तनहूँ जिल्लाका क्षेत्रिय प्रतिनिधिहरु आफ्नो नाम क्षेत्रिय प्रतिनिधिबाट काटिने पो भन्ने त्रासले सताईरहेको छ । जुन त्रास तनहूँको व्यास नगरपालिका वडा नंं १० मा भएको घटनाले प्रतिनिधिहरुलाई त्रसित बनाईरहको छ ।
व्यास १० डिहिगाउँ निवासी अर्जुन गुरुगं क्षेत्रिय प्रतिनिधिको रुपमा सर्वसम्मत चयन हुनुभएको थियो । नेपालको ठुलो प्रजातान्त्रिक पार्टीको क्षेत्रिय प्रतिनिधिको रुपमा चयन भएर नाम बाहिरिएपछि उहाँलाई स्वदेश तथा विदेश रहनुभएको साथीहरुले बधाई दिनुभयो । आजकल संचार फैलाउन अग्रिणि भुमिका निर्वाह गरेका सामाजिक संजालले एउटा शिक्षित गुरुगंको छोरा क्षेत्रिय प्रतिनिधि चयन हुदाँ गाउँले ईष्टमित्र खुशी भए तर अर्जुन गुरुगंको त्यो खुशी धेरैवेर टिक्न पाएन भोलिपल्ट क्षेत्रिय प्रतिनिधि चयन भएको प्रमाणपत्र बुझ्न जाँदा त उहाँको नाम काटिएको पाउनुभयो । ”आफ्नो नाम किन काटियो ? ”भनेर प्रश्न गर्दा निर्वाचन अधिकृतले केहि जवाफ नदिएको अर्जुन गुरुगंको भनाई रहेको छ । ”मैले हिजो सर्वसम्मत रुपमा चयन भएपश्चात त्यत्रो विधि बधाई पाए, निर्वाचन अधिकृतले पनि बधाई दिनुभएकै हो तर आज मेरो नाम छैन, किन काटियो कस्को निर्देशनमा काटियो ? भन्दा कसैसग उत्तर नै छैन । ठिक छ जसरी मलाई अपमान गरेर नाम काटिएको छ मेरो लागि त अरु ढोका पनि खुल्ला छन् तर क्षेत्रिय प्रतिनिधि भए भनेर मत हाल्न ठिक्क पर्नेहरुको नाम मेरो झै नकाटिएला भन्ने के ग्यारेन्टि छ ?” अर्जुन गुरुगं अगाडि प्रश्न गर्नुहुन्छ । उहाँ भन्नुहन्छ ”सचेत रहनुहोला नेपाली कांग्रेस तनहूँका सचेत मतदाताहरु अर्जुन गुरुगंको मात्र होईन तपाईहरुको नाम पनि जतिबेला पनि काटिनसक्छ जुन प्रजातान्त्रिक संस्कार होकि होईन तपाई आफै विचार गर्नुस् ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?