तुईन काण्डमा नबोल्ने अग्रगामी, देशको स्वाभिमानको लागि लड्ने के.पि. ओली प्रतिगामी पत्याउने कुरा हो ? आर.के. पोख्रेल, केन्द्रिय सचिवालय सदस्य,अनेरास्ववियु

  • ख-
  • ख+

नेपालमा बिद्यार्थीहरुले प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि थुप्रै बलिदानहरु दिएका छन् । आन्दोलनका प्रत्येक मोर्चामा बिद्यार्थी पंक्तिले अतुलनिय योगदान दिएको छ । तिनै आन्दोलनमा सदा अग्रपंक्तिमा खटिने व्यक्ति हुनुहुन्छ तनहूँका आर. के. पोख्रेल ।

न्यून परिवार अझै भन्ने हो भने मजदुर परिवारमा जन्मिएर समाज परिवर्तनको सपना बोकि अभाव र दबाबका बिच हुर्कीएका तनहूँ जिल्लाकै कर्णाली साबिक गजरकोट गा. बि. स. हाल घिरिङ गाउँपालिकाका सानै उमेरदेखि विद्यार्थी राजनितिमा आर्कषित हुनुभएका पोख्रेलले अनेरास्ववियुलाई बलियो बनाउन , जनजिविकासग जोड्न अनेकन कामहरु गर्नुभएको छ । तनहूँ जिल्लाको अनेरास्ववियुको अध्यक्ष हुदाँ जिल्लामा विद्यार्थीहरुको मुद्धा सम्वोधन गर्न पोख्रेलले ठुलो उल्लेख्य भुमिका खेल्नुभएको छ , तिनै आर. के. पोख्रेल हालै अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य हुनुभएको छ । उहाँसग विद्यार्थी राजनिति र समसामयिक बिषयमा गरिएको कुराकानीः

प्रश्नः तपाईं तनहूँ जिल्लाबाट बिद्यार्थीको प्रतिनिधित्व गर्दै अनेरास्ववियुको केन्द्रिय कमिटी सचिवालय सदस्य हुनुभएको छ यसलाई कसरी लिनुभएको छ ?

अनेरास्ववियु मेरो जीवनकालको सबैभन्दा प्यारो पाठशाला हो जहाँ मैले असल अनुशासनको संस्कार र संस्कृति सिकेको छु, समाज परिवर्तनको सपना बोकेर न्याय सहितको समानता र वर्ग बिभेदी शिक्षाको आन्दोलनमा सरिक रहदै श्री कृष्ण मा. बि. पुट्टारबाट संगठित हुँदै अनेरास्ववियु तनहूँ जिल्ला कमिटी सदस्य,संगठन बिभाग प्रमुख, जिल्ला सचिब हुँदै जिल्ला अध्यक्ष बनेर कार्यसम्पादन गरिसकेको छु । मलाई केन्द्रिय कमिटीले जुन बिश्वास र भरोसा राखेर अहिले सचिवालय सदस्यको जिम्मेवार प्रदान गरेको छ म यसको गरिमा बढाउनुका साथै लाखौं बिद्यार्थीहरुको गौरवमय इतिहासलाई साक्षी राखेर बिद्यार्थी हक र अधिकारका पक्षमा लाग्नेछु । मलाई संगठन केन्द्रिय कमिटीले दिएको जिम्मेवारी कुशलता पुर्वक निर्बाह गर्नेछु ।

प्रश्नः आर.के. पोख्रेलको उपस्थितिले बिद्यार्थी आन्दोलनलाई कस्तो योगदान पुग्छ ?

सामन्तबाद र साम्राज्यवादको विरुद्धमा उभिएर विद्यार्थीआन्दोलनलाई रक्षा गर्दै मागी खाने होइन गरि खान सक्ने शिक्षाको लागि अनेरास्ववियुको आन्दोलनबाट प्राप्त उपलब्धि जस्तै यातायात ,स्वास्थ शिक्षा, प्रमाणपत्र धितो राखेर ऋण लगायतका आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वन गराउन अग्र पंक्तिमा उभिनेछु र तनहूँका विद्यार्थीहरुका समस्याहरुलाई केन्द्रमा पुर्याउनेछु।

प्रश्नः तपाईंलाई पार्टीको भातृसंगठनको रुपमा परिचालित बिद्यार्थी संघ संगठनहरु जनजिविकाको सवालमा कसरी अगाडि बढ्नु पर्छ भन्ने लाग्छ ?

विद्यार्थी आन्दोलन प्रतिपक्षी आन्दोलन हो, विद्यार्थी आन्दोलन सत्ता पक्षिय आन्दोलन होइन, भातृ संगठन हुदैमा माउ पार्टीले कुनै बेला गल्ती गर्यो भने पनि खबरदारी गर्ने र पार्टीलाई सहि दिशामा हिडाउने संगठन नै विद्यार्थी संगठन हो ।
यो संगठन अनेरास्ववियु हिजो सुस्ता र कालापानीमा मार्चपास गरेर बिस्तारबादका विरुद्ध सतिशाल जस्तै उभिएर रास्ट्रको पहरेदार गर्ने संगठन हो । पार्टी सरकार छ तर जनचाहाना अनुसार काम गरेको छैन भने जनचाहाना अनुसार काम गर्न बिकास र समृद्धिको लागि सदा खबरदारी गर्ने संस्था हुनुपर्छ विद्यार्थी संगठनहरु विद्यार्थी आन्दोलनबाट उपलब्धिहरुको रक्षा गर्दै बाकी अन्य कार्यभार पूरा गर्न लाग्नुपर्छ यो देशमा आन्दोलनको अगुवाई गर्ने संगठन अनेरास्ववियु जस्तै अन्य संगठनहरु पनि अनेरास्ववियु जस्तै रास्ट्र र रास्ट्रियताको पक्षमा, विद्यार्थी आन्दोलनको पक्षमा उभिनुपर्ने हुन्छ अनेरास्ववियु उभिएकै छ ।

प्रश्नः बिद्यार्थीहरुले देशको वर्तमान अवस्थालाई नियालिरहेका छन् ? आउदा दिनमा देशको भविष्य कस्तो होला भन्ने लाग्छ तपाईलाई ?

आफ्नो मातृ पार्टी सरकारमा हुँदा पनि अहिलेका अन्य संगठन जस्तै प्रवक्ता नबनिकन विद्यार्थीको अधिकारका लागि आन्दोलन गर्ने संगठन अनेरास्ववियु नै हो । हाम्रा पुर्खाको बिरासत अनेरास्ववियुको सदस्य हुनुमा गर्व गर्छौ र श्रमजिवी जनताका मागहरु उठाएर हामी त्यो कायम नै राख्नेछौ । विद्यार्थीहरु भोलिका कर्णधार हुन, देशका मेरुदण्ड हुन् , आजका विद्यार्थीहरु नै विद्यार्थी आन्दोलनबाट खारिदै यो देशको नेतृत्व गर्नेछन् त्यसैले असल आचारण र संस्कारमा रहदै अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नै भोलि यो देश हाक्नेछन् भन्नेमा हामी ढुक्क छौ । आजका अनेरास्ववियुहरु नै भोलि देश हाक्ने हुन हामी असल आचारण, स्वच्छ छवि र हरेक विषयमा पारदर्शी व्यबहार गर्ने संगठन हो । लाखौं विद्यार्थीहरुको अभिभावक अन्य संगठनको अगुवा संगठन नै अनेरास्ववियु हो त्यसैले अनेरास्ववियु हुन अनुशासन चाहिन्छ । पढाईमा अब्वल चाहिन्छ । समाजलाई सेवाको भावले प्रेरित हुनुपर्छ । अध्ययनशिल बिनयशिल चाहिन्छ । आजका अनेरास्ववियुले नै भोलि देशको नेतृत्व गर्ने हुँदा भनिन्छ नि अखिलले टेकेको आगन पनि पवित्र हुन्छ आमाबुबा फरक आस्था बोक्ने भए पनि हाम्रो छोरालाई हाम्रा विद्यार्थीहरुलाई अनेरास्ववियु बनाईदिनुपर्छ भन्नुहुन्थ्यो,आफ्ना छोरा छोरिलाई अनेरास्ववियु आवद्ध बन बाबू भन्नुहुन्छ । त्यसैले अनेरास्ववियुको आचरणमा हुर्केको व्यक्तिको आचरण र संस्कारले देश विकासमा फाईदा पुर्याउनेछ ।

प्रश्नः अनेरास्ववियुको माउ पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले जनताको लागि काम नगरेको कारण , प्रतिगमनकारी काम गरेको कारण हटाईएको बर्तमान सरकारमा नेतृत्व गर्ने दलहरु अझ विशेष गरि नेकपा एमालेका पूर्व नेता माधवकुमार नेपालको धारणा छ यस बिषयमा तपाईको धारणा के छ ?

जनताको लागि काम नगरेको भन्ने मिथ्या हो यो कुरा जनताले बुझेका छन् यसको परिणाम आगामी चुनाबमा नै रिजल्ट आउछ । के पि ओलिले जनताका मुर्छित सपनालाई ब्युताउनुभयो यो गलत हो ? देश बिकास गर्नुपर्छ, देश समृद्ध बन्छ र बनाउन लाग्नुपर्छ भन्नू गलत हो र ? बिस्तारबादको विरुद्ध उभिएर रास्ट्र्को छवि बचाउनु गलत हो र ?
हिजो ओलिको सरकार र यो सरकार बिकासको लागी रास्ट्र र रास्ट्रियताको लागि समृद्धिका लागि तुलना गर्न मिल्छ ? तपाई आफै भन्नुहोस् अग्रगमन भनेको १४ सय भन्दा बढी बिकास र समृद्धिका योजनाहरु काट्नुलाई भन्ने हो ? कस्का लागि कस्को निर्देशनमा देशका विरुद्ध लागेका छ्न अहिलेको सरकार ? तपाईंहरुले सचेत गराउनुपर्छ सत्य बोलिदिनुपर्छ अहिलेको सरकारले नेपाल देशलाई विदेशीको क्रिडास्थल बनाउन लागिरहेका छन् , के यहि हो अग्रगमन हामी यसैलाई अग्रगमन भन्छौ ? कांग्रेस माओबादी कै कार्यकर्ताहरुलाई छातिमा हात राखेर भन्नुहोस् भनेर सोध्नुस त ओलि हो कि देउवा हो प्रतिगामी ? दरबारमा लगेर प्रजातन्त्र बुझाउनेहरु अग्रगामी हुन सक्छन् ? पहेँलो बन्न खोज्नेहरु धेरै हुन सक्छन् तर पहेँलो बन्दैमा पित्तल सुन हुन सक्दैन । सरकार बनेको २ महिना भन्दा बढी भैसकेको छ सरकार बिस्तार गर्न त नसक्नेले देश चलाउछु भन्नू नै मुर्खता हो । अग्रगामी हौं भनेर भन्नेले भन्यो भन्दैमा पत्याउने हामी मुर्ख नबनौ । भारतसग नाकावन्दीमा डटेर लड्ने, चुच्चे नक्शा प्रकाशन गर्ने, चिनसग पारवहन सन्धि गर्ने केपी ओलीको सरकार प्रतिगामी कि आफ्ना नागरिक तुईन काटेर नदिमा बगाईदिदा पनि चुक्कसम्म नबोल्ने देउवा सरकार प्रतिगामी ? हेर्नुस् सत्य घाम जत्तिकै छर्लगं हुन्छ जति हत्केलाले छोप्छु भनेपनि छोप्न सकिदैन । २ महिना नाघिसक्दा पनि भागवण्डा नमिलेर मन्त्री परिषद् विस्तार गर्न नसक्ने अग्रगामी जनता र देशको स्वभिमानको लागि लड्ने प्रतिमगनकारी ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?