व्यासमा अल्ट्रा म्याराथन प्रतियोगिताको नाममा मनपरि खर्च

  • ख-
  • ख+

प्रतियोगिता के लागि महालेखा परिक्षकले भने झै अनावश्यक खर्च गर्नका लागि कि ? व्यासको प्रचार प्रसारका लागि ?

तनहूँ । निकै लोकप्रिय र निकै चर्चा परिचर्चा बटुल्छ सफल व्यास नगरपालिकाले प्रत्येक बर्ष आयोजना गर्ने व्यास अल्ट्रा म्याराथन प्रतियोगितामा मनपरि खर्च गरेको औल्याउदै प्रश्न उठाईएको छ । सो प्रश्न सर्वसाधारणहरुले नउठाई महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ । जुनसुकै कार्यालय अझ विशेष गरि सरकारी कार्यालय जो जनताले तिरेको करबाट चलेका छन् तिन्ले खर्च गर्दा मितव्ययी रुपमा खर्च गर्नुपर्नेमा कार्यक्रमको नाममा यसरी खर्च गरिएको छ कि सो खर्च जो कोहिलाई पनि अस्वभाविक लाग्ने गर्दछ ।

उक्त प्रतियोगिताका लागि नगेन्द्र प्रसाद रेग्मीले १३लाख ७७ हजार ६ सय ७७ रुपैया पेश्की लिई खर्च गरेको देखिन्छ । यातायात खर्च व्यवस्थापनमा २ लाख ३३ हजार ७ सय रुपैया, टिसर्ट, टोपी सामग्री आदिमा २ लाख ५२ हजार ३ सय ३० रुपैया, मन्च व्यवस्थापनमा ५८ हजार ६ सय ५ रुपैया, रुट व्यवस्थापन अतिथि खाजामा १ लाख ४२ हजार ३ सय ३६ रुपैया, पत्रिका विज्ञापनमा ५१ हजार रुपैया, पत्रकार सम्मेलनमा २५ हजार ६ सय ३० रुपैया, भिडियोमा ५७ हजार ६ सय ३० रुपैया, मायाको चिनोमा ३६ हजार रुपैया लगायतमा उक्त रकम खर्च भएको देखिन्छ ।

निकै तामझामका गरिएको कार्यक्रमको उपादेहिता माथि महालेखा परिक्षकको प्रतिवेदनले औल्याए झै अनावश्यक खर्च गर्नु, नेताहरु ल्याएर मन्च बनाएर भाषण सुनाउनु हो कि व्यास नगरको उत्थानको लागि हो सर्वसाधारणले प्रश्न गरिरहेका छन् । शिक्षाक्षेत्र अस्तव्यस्त भएको बखत शिक्षाक्षेत्र हेर्नुपर्ने व्यक्तिलाई पेश्की दिएर काम लगाउनु , पत्रकार सम्मेलनमा चिया र बिस्कुट ख्वाउदा २५ हजारभन्दा बढिको विल देखिनु, आफुखुशी मनपर्दी अनेकन काममा रकम बाँडेको देखिनु र मुख्य कुरा जनताले तिरेको करबाट चल्नुपर्ने संस्थाले मनपर्दी रुपमा खर्च गर्नुले पनि कार्यक्रममाथि होईन नियत माथि शंका उब्जिएको छ । कार्यक्रम के का लागि गर्ने ? खर्च गर्नका लागि कि आफ्नो व्यास नगरको प्रचारप्रसारको लागि ? व्यासनगरको प्रचारप्रसार र बिकासको लागि हो भने अलिकति मन्चमा खर्च घटाएर, खाचा खर्च शिर्षकमा धेरै ठाउँमा खर्च नदेखाईकन, अलिकति अस्वभाविक देखिएको भिडियोमा खर्च घटाएर, अलिकति जति चिया बिस्कुट खर्च भएको हो त्यति नै खर्च देखाएर गर्न सकिन्छ कि ?

जनताको सेवा गर्छु भनेर आएका जनप्रतिनिधिहरुले पोशाकको नाममा साडि पनि पचाईदिने (मलेपप्र ३८), कर्मचारीहरुले विल भन्दा बढि भुक्तानी (मलेपप्र ८३.१) दिने, खाजा खर्चको नाममा एउटै कार्यक्रमका दुई दुईवटा भौचर उठाउनुले जनताको राजश्वको सहि सदुपयोग भएको छ भन्ने सवालमा गम्भिर प्रश्न खडा भएको छ जस्लाई व्यास नगरपालिकाले आगमी दिनमा सुधार गर्नुपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?