तनहूँ । कार्यालयबाट भ्रमण तथा अनुगमनमा जाँदा भ्रमणको उदेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट राख्नुपर्ने वा देखाउनुपर्ने नियम भएपनि सो संलग्न नगरिकन भानु नगरपालिकामा लाखौ रुपैया खर्च गरेको प्रमाण भेटिएको छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वशनिय वनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियम १९ मा जिल्लाभरको ठाउँको दुरीको विवरण राख्नुपर्ने उल्लेख छ । तर भानु नगरपालिकाले कुनै पनि विवरण नराखिकन जनताको रगत पसिनाको कमाईको लाखौ रुपैया भ्रमण र अनुगमनको नाममा खर्च गरेको छ । कार्यालयको लागि आवश्यकिय कागजातहरु पेश नभईकन खर्च भएको देखाउनुलाई महालेखा परिक्षकको प्रतिवेदनले सहि सदुपयोग भयो भन्ने कुरामा प्रशस्त दोष देखिएको औल्याएको छ साथै सर्वसाधारणहरुले पनि जनताको करमाथि कतिसम्म जनप्रतिनिधिहरुले अनियमितता गर्दा रहेछन् छर्लगं देखेका छन्र विना उद्धेश्य खर्च गरिएको उक्त रकम असुल उपर गनुृपर्ने माग राखेका छन् ।
भानु नगरपालिकाले नै विना कुनै योजना , विना कुनै आधार आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको सिचाई योजनाको सर्वेको लागि कमिशनको लोभमा कन्सल्टेन्सिलाई १६ लाख रुपैयाभन्दा बढि रकम भुक्तानी दिएको खबर पनि बाहिरिएको छ ।








