तनहूँ । नेका अधिवेशन व्यास नगरको सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित हुनुभएको छ । हडखलेले उहाँका प्रतिद्धन्द्धि डम्बर बहादुर अधिकारीलाई पराजित गर्नुभएको हो । मत परिणाम अनुसार व्यास १ का हड्खलेले 282 मत प्राप्त गर्दा व्यास १ कै अधिकारीले 141 मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि उपसभापतिमा व्यास ११ की शोभा बडु अधिकारी र व्यास ३ का क्याप्टन सूर्यकुमार मल्ल विजयी हुनुभएको छ । व्यास नगरको सचिवमा व्यास १० का खेम पोखरेल र व्यास ३ का सुरेश पुरी निर्वाचित हुनुभएको छ ।
सभापतिको लागि शूरुमा १० जना आकांक्षीहरु देखिएपनि ३ जनाको उमेदवारी परेकोमा पछिल्लो समयमा व्यास १ का चुडामणी दाहालले उमेदवारी फिर्ता लिएपछि व्यास १ कै हड्खले र अधिकारीबिच प्रतिष्पर्धा भएको थियो ।
उपसभापति, सह सचिव र सदस्यहरुमा सर्वसम्मत रुपमा चयन भईसक्नुभएको छ ।








