तनहूँ । पछिल्लो २४ घण्टामा तनहूँका ३ जना व्यक्ति कोरोना संक्रमित हुनुभएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १९२ जनामा संक्रमित हुँदा । कास्कीमा ६५ जना पुरुष तथा ५९ जना महिला गरी १२४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १२४ जनासहित म्याग्दीका ७ जना, पर्वतका २ जना, गोरखाका ३१ जना, लमजुङका १० जना, स्याङ्जाका १३ जना र नवलपुरका २ जना गरी प्रदेशका ८ जिल्लामा १०२ पुरुष तथा ९० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार २३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३५७ पुगेको छ।








