च्याँखे थाप्नेहरुको विगविगीको विचबाट गुज्रिदै नेका तनहूँको अधिवेशन

  • ख-
  • ख+

तनहूँ । त्यसो त तनहूँ जिल्ला कांग्रेसको गढ नै हो तर पछिल्लो निर्वाचनमा तनहूँका सवै क्षेत्रहरुमा कम्युनिष्टहरुले क्लिन स्विप नै गरेपछि कांग्रेसीहरुको अन्हार हेर्न लायक थियो । दुई कम्युनिष्ट मिलेर नेकपा बन्नु र विभिन्न पालिकाका जनप्रतिनिधिहरुको सरकारी सम्पत्तिमा मनमौजी कार्यशैलीले गर्दा अब हुने २०७८ मा हुने स्थानिय निकायमा केपी ओलीको हावा चल्छ भन्ने संशय पाल्दा पाल्दै नेकपाको विघटनले नेपाली कांग्रेसलाई संजिवनीबुटीको काम गरेको छ जस्को प्रत्यक्ष असर हालसालै भएको वडा तथा नगरको अधिवेशनमा देखिएको छ ।

स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा भईरहेका अधिवेशनमा पद हात पार्नुलाई धेरैजसोले स्थानिय निकायको निर्वाचनमा टिकट हात पार्नुसग तुलना गरेका छन् भने धेरैजसो व्यक्तिहरु आफ्नो योगदान र योग्यता भुलेर आफुलाई नेताहरुले सम्झुन् अर्थात नोटिस गरुन् भनेर उमेदवारी दिएको पाईन्छ । जुनकुरा बिशेष गरि व्यास नगरपालिकाका वडा तथा नगर अधिवेशनहरुमा मज्जासग देखिएको छ । वडाका अधिवेशन हुँदा पनि धेरै उमेदवारी पर्नुलाई कतिले आफ्नो जागिर जोगाउनको लागि उमेदवारी दिएको पाईयो भने कतिले आफ्ना परिवारका सदस्यहरुको जागिर मिलाउनका लागि यसो उमेदवारको आकांक्षी बनेको झै गरेर प्रचार प्रसार गरेको पाईयो । ”क्षेत्रिय प्रतिनिधि भएर आएपछि त अलि सहज हुन्छ , नेताको नजरमा परिन्छ , त्यसपछि सरुवा बढुवामा अलि नजर पर्छ , नेताहरुले यो पनि हाम्रो कट्टर कार्यकर्ता हो भन्ने नोटिस होला कि भनेर नै हो जागिर धरापमा पारिकन क्षेत्रिय प्रतिनिधि बनेको” नगर अधिवेशनस्थलमा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि रहनुभएका एकजना शिक्षक अर्थात सामुदायिक विद्यालयका गुरु आफन्तसग कुरा गर्दै भनिरहनु भएको थियो ।

क्षेत्रिय प्रतिनिधि भएर आएपछि नेताले चिन्छन् , कमसेकम व्यास नगरपालिकाका प्रमुखको फोन आउछ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको फोन आउछ, केन्द्रिय सदस्य शंकर भण्डारीको फोन आउछ अनि ” ल है राजा यसपाली मलाई सहयोग गर्नुपर्छ है !” भनेर भन्नुहोला, व्यासका पूर्व मेयर धुव्र वाग्लेले पनि धेरै पछि “के छ के भाई मैले भने है यसपाली त मेरो मान्छे …… हो नि,सहयोग गर्नुपर्छ है , केन्द्रमा शेरबहादुर दाई हुनुहुन्छ अलि बिचार गर्नु “” भनेर कसो हातमा समातेको फोनमा कस्सो कुरा नहोला भन्नेमा नै धेरैजनाको ध्यान गएको पाईएको छ । करिब दर्जनको संख्यामा सभापतिको आकांक्षी भएपनि अन्तसम्म २ जनामात्र तग्न सफल हुनुले पनि त्यसकुरालाई प्रशस्त बल पुगेको छ । व्यास नगरको निर्वाचन व्यासका नगरपितासग कसरी दुश्मनी मोल्नु ? बस् नगरपिताको एक फोन आईदिएर मन बुझाउन पाए हुन्थ्यो भनेर मोवाईलमा हेर्दै धेरै आकांक्षीहरुको रात बितेको कसैले पत्तो नै पाएनन् । पख न बैकुण्ठसरको त फोन आवोस् बैकुण्ठसरले तपाई किन उमेदवार बन्न खोज्नुभा भन्नुभो भने सर श्रीमतीको जागिर अलि टाढा भयो मिलाउन पाए हुन्थ्यो भन्छु क्या नकराउ न भनेर श्रीमतीको चित्त बुुझाउनेहरु पनि धेरै उमेदवारका आकांक्षीहरु पनि यसपटक देखिनुभयो । जस्को नै भएपनि एक कल फोन आईदिए हुन्थ्यो भन्ने मनसायले फेसबुक, फोन म्यासेज र पत्रपत्रिका अनलाईनमा गरेको धेरैको उमेदवारीको प्रचार प्रचारमा मात्र सिमिति भयो । एस् एम् एस् (SMS)म्यासेजको खेति गर्नेहरु मोटाएपनि स्वघोषित नगर सभापतिलाई लाई भोट दिन खोज्नेहरुले ति उमेदवारहरलाई मैदानमा भेट्न नै पाएनन् । गाडी रिजर्भ गरि गरि वडा वडा डुल्नेहरुको नाडि फोनकल नआउदा पनि लल्याक् लुकलुक् गलेको पाईयो । अलि अलि नगलेकाहरुलाई ”तपाईलाई के चाहिएको हअ ? यस्तो बिषम परिस्थितिमा पनि उमेदवारी हालेर असहयोग गर्ने ? उमेदवार नबन्नुस् है ” भनेर भन्दा उमेदवार बन्छु भन्न त कता हो कता हवस् सर भन्ने आवाज मुखबाट निस्कन पनि सकेन । ”ज्यान जाला छोडिदैन ” भन्नेहरुको उमेदवारी त परै जावोस् मतदान गर्नेबेलामा अनुहार देख्न समेत पत्रकारहरुलाई धौ धौ पर्न गयो । उपसभापति, सचिव र सहसचिवको उमेदवारी त्यति बढि आर्कषक नमानिए पनि ति पदमा पनि आकांक्षीहरुको हालत पनि लगभग लगभग उस्तै उस्तै थियो ।

”१० जना सभापतिको आकांक्षी फेरि सबैले म कुनै हालतमा पनि छोड्दिन ‘ भनेपनि साच्चै राजनिति गर्ने रहर छ भने नेताको अनुहार सम्झदैमा किन तर्सनु , कार्यकर्ताको आर्शिवादमा होईन नेताको घरदैलोमा चाहार्ने प्रवृतिले त हो यो देशमा कम्युनिष्ट उदाएका । ” अधिवेशनस्थलमा भेटिनुभएका कांग्रेसका एकजना बयोवृद्ध कार्यकर्ताको भनाई रहेको थियो । हुन पनि वडामा कार्यकारी पदको लागि वार्गेनिगं गर्ने, त्यसमा नपाए क्षेत्रिय प्रतिनिधिमा आउने अनि फेरि नगरका मिलेसम्म सबै पदमा दावा पेश गर्न खोजे झै गर्ने अचम्मको पद लालसा यो पटक पनि देखिएको थियो । जस्ले गर्दा नेतृत्वलाई सम्झाउन हम्मे हम्मे परेको थियो । एक नेतृत्वकर्ता नाम नबताउने सर्तमा ”एकै जना मलाई यो चाहिन्छ यो नभए त्यो चाहिन्छ त्यो नभए उ त्यो चाहिन्छ भनेपछि कसरी भागवण्डा गर्ने तनावमा छौ” भन्नुहुन्थ्यो ।

”योग्य र अयोग्य त कार्यकर्ताले भन्नुहोला तर कार्यकर्ताको दैलोमा जानेभन्दा नेताको घरदैलो गर्दा फाईदा हुने संस्कारको बिकास भएको कारणले पनि मैले त उमेदवारी दर्ता नगरेको हुँ ।” व्यास नगरपालिका वडा नंं ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठको भनाई रहेको छ साथै ”साथीहरुले म यस्को उमेदवारभन्दा यो नपाए मलाई त्यो पद पाउनुपर्छ भन्ने वार्गेनिगं गर्ने गरेको सुनेकोले पनि उमेदवारी दिन मन मरेको हो । कार्यकर्ताले योग्य सम्झे मोहन कुमार श्रेष्ठ चाहिन्छ भन्छन् त्यतिवेला जुनुकै पदमा पनि उठौला नि ” उहाँको भनाई रहेको छ ।
त्यसैगरि अर्का आकांक्षी बैकुण्ठनाथ मिश्र ”राम्रो र नराम्रो उमेदवारभन्दा पनि हाम्रो र हाम्रो समुह भनेर अगाडि बढ्ने जमातको विगविगी भएको कारणले नै आफु अगाडि बढ्न नसकेको” भन्नुहुन्छ ।
अर्का प्रत्यासी प्रतापसिंह गुरुगंको भनाई २ जना भन्दा अलि भिन्न रहेको छ ” करिब १० जना जतिको आकांक्षा रहेको थाहा पाएपछि नेताहरुले १० जनालाई सगै निम्त्याउनुहोला अनि के छ त व्यास नगर बनाउने भिजन सोध्नुहोला त्यसपछि म नेपाली कांग्रेस व्यास नगरलाई बनाउन यो यो काम गर्न सक्छु भनुँला भनेको त न कस्ले डाँक्नु , न कसैले १० जनाको भिजन सुन्नुृ ? दंग परे म त राजनिति देखेर ”भन्नुहु्न्छ ।
वडाको अधिवेशनदेखि नगरको अधिवेशनसम्म आईपुग्दा सबे क्षेत्रिय प्रतिनिधिहरुलाई कार्यकारी पद लिने तिब्र आकांक्षा रहेको कुरा सडकभरि छरपष्ट भएको छ । यी अधिवेशनमा कांग्रेस बनाउन खोज्नेहरु भन्दा पनि च्याँखे थाप्नेहरुको विगविगी बढेको छ जस्ले गर्दा नेतृत्व तहलाई भाग पुर्याउन कठिन देखिएको छ । यो रोगले जिल्लाको अधिवेशनमा पनि नेपाली कांग्रेसलाई नराम्ररी लखेट्ने पक्का छ । आफ्ना गुटलाई पद दियो अर्कोले मत नदिएपछि हारिएला भन्ने डर अर्को गुटकालाई पद दियो आफ्नो बाउठिएला भन्दाको डर, च्याँखे थाप्नेहरुका बिचमा नराम्रो पिल्सिरहेको छ तनहू्ँ कांग्रेसको सभापति बन्न आतुर नेतृत्व ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?