मोटरसाईकल दुर्घटनामा व्यास १२ देउरालीमा ७२ बर्षिय बृद्धाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । पृथ्वीराजमार्गको मुग्लिन दमौली खण्डको देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई दमौलीको अस्पतालमा ल्याईपछि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यलय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?