इक्वेडरको जेलभित्रको हिंसामा, ११६ कैदीको मृत्यु

  • ख-
  • ख+

इक्वेडरको जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूदमे जेलहिंसा हो ।

गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको हो । पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार कैदीहरुले ह्याण्ड ग्रिनेटसमेत प्रहार गरेका थिए ।

४ सय जना प्रहरी अधिकारीको प्रयासपछि जेल पुनः नियन्त्रणमा लिइएको छ । यो जेलमा विश्वका कुख्यात लागूऔषध तस्करहरुलाई राखिएको थियो ।

शक्तिशाली मेक्सिकन लागूऔषध तस्कर समूह अहिले इक्वेडरमा सक्रिय छ । त्यही समूहले यो विद्रोहको सुरुआत गरेको बताइएको छ । इक्वेडरका जेल सेवा निर्देशक बोलिभर गार्जोनले स्थानीय रेडियोसँग यो घटनालाई ‘भयानक’ भनेका छन् । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?