काठमाडौंको बानेश्वर क्याम्पस अगाडि महिलाको शव भेटियो

  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ ।

क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक(डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।

डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए ।
शवको सनाखत भएको छैन । (अनलाईन खबरबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?