नेपालमा सामुदायिकहरुको विद्यालयको अवस्था खस्किरहेको कुरा कहि कतै छिपेको छैन । आम मानिसहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबच्चा पढ्न पठाउन हिकिच्कचाउने बेला तनहूँको दमौलीमा रहेको सत्यवति माध्यमिक विद्यालयमा बिद्यार्थीको आर्कषण बढिरहेको छ । सत्यवति माध्यमिक विद्यालय तनहूँको मात्र होईन नेपालकै उत्कृष्ट विद्यालय सफल बन्नुमा धेरै मानिसको योगदान रहेको छ । सत्यवति विद्यालयको वर्तमान् अवस्था, उहाँको कार्यकालमा भएका काम र नेपालको शैषिक अवस्थाको बारेमा उक्त विद्यालयका निवर्तमान अध्यक्ष सूर्यदेशभक्त अधिकारीसग गरिएको कुराकानीः
प्रश्नः तपाई त नेपालकै एउटा उत्कृष्ट विद्यालय सत्यवति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभयो के रहेछ सत्यवति नेपालकै नमुना विद्यालयमा पर्नुको कारण ?
सत्यवती माद्यामिक विद्यालय नेपालको नमूनामा पर्नुको कारण शैक्षिक गुणस्तर नै पहिलो पाटो हो भने त्यसमा जोडिने कुराहरु धेरै छन्
शिक्षक लगनशील, अनुशासित ,काममा निरन्तर लागि पर्ने, विद्यार्थी, अभिभावकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजीक रहिरहने र सिकाइलाई पहिलो प्राथमिकता दिने, अर्को कुरा शिक्षक ,विद्यार्थी र विद्यालयको सम्बन्ध, पारिवारिक हिसाबले शिक्षण सिकाई गरिने पाटो, नमूना विद्यालय बन्न आबश्यक सम्पुर्ण श्रोतहरु उपलब्ध हुनु नै सत्यवति उत्कृष्ट हुनु हो ।
प्रश्नः तपाईले आफ्नो कार्यकालमा के कस्ता कामहरु गर्नुभयो र अझ के कस्ता कामहरु गर्न पाए हून्थ्यो भन्ने लागेको थियो ?
मैले आफैले आफ्नो कार्यकालको बखान गरे जस्तो हुन्छ । विद्यालय संचालन भएदेखिका पद्धतिका कुरालाई नियमन गराउने देखि आर्थिक समेतलाई चुस्त बनाउने काम मेरै पालामा र मेरै नेतृत्वमा भएको छ ।
६२।६३ सालदेखि पुस्तक खरिद लगाउने र स्कुलमा पैसा संकलन नगर्ने परिपाटी रहेछ मैले नै शुरूवात गरेको हु । मेरो कार्यकालभन्दा अगाडि त्यो पैसा श्रोत केन्द्रका नाउँमा जम्मा गर्ने र पहुँचमा हुनेले हालिमुहाली गरेर मोजमस्तिमा उडाउने गरेको रहिछ । मैले स्कुलको खातामा त्यो जम्मा गर्ने अभियान चलाउँदा शायद कमिशन नआउने लोभले होला व्यास नगरपालिकाको शिक्षा शाखा र बिषयगत शिक्षक हरु मसँग चिढिए ।उ हाँहरु चिढिए पनि यो समग्र सत्यवतिको ठिकमा छ भनेर लागु गराएरै छोडे । मैले छोटो समय काम गर्ने मौका पाए गर्व छ ,खुसी छु । नेपालको नम्बर वान एक नम्बरको विद्यालय बनाउन सक्थे त्यो हिम्मत मसँग थियो, मैले जानेसम्म्म, आफ्नो बुद्धि र विवेकले भ्याएसम्म मेरो कार्यकालमा एउटा पद्धति र संस्कारको बिकास गर्ने प्रयास गरे । देशभर नाम चलेको विद्यालयमा एउटा कम्प्युटर ल्याव थिएन हाम्रो टिमले नआटेको भए त्यो बन्न पनि बन्दैनथ्यो । नयाँ भौतिक संरचना , सिसि क्यामेरा, डिजिटल प्रविधि ,शिक्षकका लागि ल्यापटप , कक्षा कोठामा मार्वल चिप्स , भर्याङमा मार्वल , व्यवस्थित क्यान्टिन, खुला हुने स्कुलको गेट बन्द गराउने काम, शैक्षिक गुणस्तर , भौतिक रुपमा सम्पन्न बनाउने काम, शिक्षकलाई जागरुक र समानताको व्यवहार गराउने पहल मेरै कार्यकालमा भएका हुन् ।
प्रश्नः सामुदायिक विद्यालयमा बढि नै राजनिति हुने गरेको सबैको गुनासो छ त्यो सवालमा सत्यवति मा. वि. को कस्तो छ अवस्था ?
राजनीतिको कुरै छोड्नुस ,पार्टीको झण्डा र बोर्ड टाँस्न मिल्ने उहिल्यै र्टासिसक्थे । विद्यालयमा बच्चाहरुलाई शिक्षा दिन आउने गुरु सरुवाको लागि , निजि श्रोतमा शिक्षक नियुक्ति गर्दा पनि विभिन्न दलका केन्द्रिय नेतादेखि हरेक ठाउँबाट दबाब आइरहन्छन् ,थेग्न गारो पारिन्छ तर त्यसलाई मैले र मेरो समितिका धेरै साथीहरुले खासै वास्ता गरिएन । विद्यालयमा शिक्षक छनौट गर्दा र दरबन्दीमा शिक्षक ल्याउँदा पनि कहिल्यै आफ्ना मान्छे वा कमजोर मान्छे ल्याउने प्रयास गरिएन । व्यास नगरपालिका, शिक्षा शाखा , समितिभित्रका केहि साथीहरु र पार्टीका मान्छेहरुले आफ्नो पक्षको शिक्षक राख्न दिएन भनेर मेरो बारेमा अनावश्यक र नचाहिँदै लान्छना लगाउने काम व्यापक रुपमा गरियो तर म आफ्नो उद्धेश्यमा टसको मस भईन ।
प्रश्नः तपाईहरुको कार्यकाल बिचमा नै टुंग्याएपनि नयाँ व्यवस्थापन समिति गठन हुन सकिरहेको छैन किन होला के हो यस्को कारण ?
विद्यालयका विभिन्न समिति गठन प्रक्रियामा आफुले भन्ने मान्छे ल्याउनको लागि यहाँ सहि समयमा गठन प्रक्रिया हुन दिँदैनन् र उल्टो हामीलाई नै अनावश्यक रुपमा नचाँहिदा लान्छना लगाउन पछि पर्दैनन् । वडा र नगरपालिकाको दादागिरी त भनिसाध्य छैन । वालबालिकाको भविष्य हेरेर समिति गठन गर्ने कि राजनितिक पार्टीको कार्यकर्ता हेरेर समिति गठन गर्ने भनिसाध्य छैन ।
प्रश्नः तपाई त सचेत युवा विभिन्न संस्थाहरुमा रहेर काम गरिरहेको व्यक्ति नेपालको सामुदायिक विद्यालयहरु नसुध्रिनुमा कस्को कमजोरी देख्नुहन्छ र यो अवस्थामा सुधार ल्याउन के गर्नुपर्ला ?
नेपालको सामुदायिक विद्यालय नसुध्रीनुको मुख्य कारण राजनीतिक चलखेल र सामुदायिक स्कुललाई सरकार ले हेर्ने नजर सकारात्मक नहुनु नै हो।
सामुदायिक विद्यालयहरुलाई भर्ति केन्द्र बनाईएको कारणले नै नेपालको शैक्षिक गुणस्तर बिग्रेको हो । विद्यलायमा सबै राजनीतिक दलका कार्यकर्ता भर्ती गरेर राजनीति गरिन्छ । विद्यालय र विद्यार्थीप्रतिभन्दा दलका नेताप्रति वफादार शिक्षकले दिएको ज्ञानबाट कस्तो शिक्षा हाँसिल होला ? राज्य ,शिक्षा सकारात्मक बन्ने हो र राज्यले शिक्षकलाई राम्रो तहगत रुपमा तलबभत्ता प्रदान गर्ने हो भने , दायाँबायाँ गर्ने हिसाबले मनस्थिति जाँदैन र शैक्षिक गुणस्तरमा सुधार आउँछ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि न उठ्नुमा पनि भाइचारा, राजनीतिक भर्ती लगायतका शिक्षकहरुको खिचातानी र सम्बन्धित निकायको निगाहमा जागीर खुवाउने र खाने परम्पराको अन्त्य सचेत नागरिकले चिर्न सके मात्रै यसको भविष्य माथि उठ्ने छ नत्र पछिल्लो समयमा शिक्षक नै सकृय राजनिति गर्ने पार्टीको विभिन्न पदमा बस्ने संकारले गर्दा कुनै दिन सामुदायिक विद्यालयमा तिनै शिक्षकले पार्टीको झण्डा गाडे भने अचम्म नमाने हुन्छ ।








