तनहूँ । व्यास नगरपालिकाद्धारा अवैद्यरुपमा नदिजन्य पदार्थ ओसार पसार गर्ने १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाको क्षेत्र मादि नदिबाट बिहानको समयमा बालुवा बोकि गन्तव्यतिर जान लागेका र वालुवालाई लोड गर्दै गरेका ट्याक्टरलाई प्रहरीको टोलिले नियन्त्रणमा लिएको हो ।
”नियन्त्रण पश्चात जिल्ला प्रहरी कार्यालय तनहूँमा रहेका ट्याक्टरलाई जरिवाना पश्चात छोडिने ” व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभएको छ ।
नगरपालिकाबाट टेन्डर आव्हान भईसकेको र दुईवटा फर्मले वालुवा खरिदको लागि तयार भएको र सम्झौता हुन बााकि रहेको उहाँले बताउनुभयो । ”सम्झौता भई कार्यान्वयन आदेश पश्चात मात्र नदिजन्य पदार्थ उत्खनन् गर्न पाउने कानुनी व्यवस्था हुदाहुदै सो को उलंघन भएकोले ट्याक्टरलाई नियन्त्रणमा लिईएको” सिग्देलले बताउनुभएको छ ।









