तनहूँ । नेकपा एमालेबाट संघिय संसदमा लामो समयसम्म प्रतिनिधित्व गर्नुभएका संसद कृष्णकुमार श्रेष्ठ किसान जिल्ला आउनुहुने भएको छ । नेकपा एमाले विभाजन पश्चात माधब नेपालको नेतृत्वमा बनेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा सनाखत पश्चात सांसद किसान पहिलोपटक जिल्ला आउन लाग्नुभएको हो ।
दशै तिहार , छठ , ईद, ल्होसार लगायतका पर्व तथा नेपाल सम्वत् ११४२ को अवसरमा तनहूँको दमौलीमा असोज २३ गते हुन लागेको शुभकामना आदान प्रदान कार्यक्रम तथा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन उहाँ आउन लाग्नुभएको हो । उक्त भेलाललाई सांसद तथा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य किसान, प्रमुख अतिथिको रुपमा उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठ, एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री, गण्डकी पुदेशका अध्यक्ष तुलबहादुर गुरुगं, गण्डकी प्रदेशका सचिवका सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रिय सदस्यद्धय रेखा थापा र कलिला खान पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
बिशेष गरि मन्त्री मण्डल बिस्तारमा ढिलाई र गण्डकी प्रदेशबाट कृष्णकुमार श्रेष्ठलाई मन्त्री बनाउनुपर्छ भन्ने नेकपा एकिकृत समाजवादीमा चर्चा चलेको कुरा बाहिरिएको बेला लामो समयपछि सांसद श्रेष्ठको जिल्लामा हुन लागेको आगमनलाई आम मानिस, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले बिशेष चासोका साथ हेरेका छन् ।









