श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

  • ख-
  • ख+

प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला लिखु गाउँपालिका(४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् ।

राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?