तनहूँका सांसद किसान श्रम, रोजगार तथा सामाजिक बिकास मन्त्री नियुक्त

  • ख-
  • ख+

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपश्चात मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । उक्त मन्त्रीमण्डलमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । तनहूँ क्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?