तनहूँगेंको शिर झुक्ने काम गर्दिनः मन्त्री कृष्णकुमार श्रेष्ठ किसान

  • ख-
  • ख+

तनहूँ । श्रम , रोजगार तथा सामाजिक सरक्षा मन्त्री बन्नुभएका तनहूँ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले ”आफु बेला बेलामा बदनाम हुने मन्त्रालयको मन्त्ती बनेको भएपनि आफुले तनहूँगेंको शिर झुक्ने काम नगर्ने” बताउनुभएको छ । उक्त कुरा उहाँले आज तनहूँको दमौलीमा आयोजत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बृहत जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण सभालाई सम्बोधनका क्रममा व्यक्त गर्नुभएको हो । मन्त्री किसानले ”अब गरिबका छोरा छोरी विदेश जाँदा ठगिने र नेपाली चेलीहरुलाई रोजगारीको नाममा लगेर बिदेशमा बेच्ने दलालहरुलाई आफुले नछोड्ने ” बताउनुभएको थियो । ” कोरोना महामारीले गर्दा पनि लाखौको संख्यामा बेरोजगार बढिरहेकोले त्यसतर्फ पनि आफुले ध्यान दिने ” उहाँले बताउनुभएको थियो । प्रमुख अतिथिको रुपमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री सहभागी भएको उक्त सभामा मन्त्री किसानले ”आफुले समग्र नेपाल र बिशेष गरेर तनहूँ जिल्ला अझ क्षेत्र नं. १ लाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने ” बताउनुभएको थियो ।

दशै तिहार छठ, ईद लगायत नेपालीहरुको महान पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण भेलामा प्रमुख अतिथि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ”केपी ओलीको अहंकारीपनले गर्दा कम्युनिष्ट सरकारलाई ढाल्न बाध्य हुदै नयाँ पार्टी गठन गर्नु परेको ” बताउनुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष शंकर नारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य पिएल श्रेष्ठ, केन्द्रिय सदस्य कलिला खान, रेखा थापा लगायतका नेताहरुले पार्टीलाई जिल्लामा बलियो बनाउन र जनताको काममा सरकारलाई जवाफदेहि बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

उक्त कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव श्रीराम कार्कीले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?