केहि समय अगाडि तनहूँको एक पालिकाका खनाल थरका अघोषित शिक्षान्त्री र उक्त पालिकाका प्रमुख पुत्रबिच शिक्षक सरुवा, बढुवा तथा करारमा नियुक्त गर्दा उठाईएको रकममा भागवण्डा नमिलेको कारणले पालिकाका प्रमुख पुत्रले धेरैजनासग गुनासो गर्दै ”अघोषित शिक्षामन्त्रीलाई नागेंझार बनाएर छोड्ने ” प्रतिवद्धता जनाउनुभएको थियो ।
तनहूँ । तनहूँ जिल्लामा एउटा शिक्षक सरुवा हुदाँ ४ लाख रुपैयासम्म घुस दिनुपर्ने भएको छ । उक्त कुराको खुलासा शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माले गर्नुभएको हो । उहाँका अनुसार उक्त रकम पालिका र शिक्षा समन्वय ईकाईमा बुझाउने गरिन्छ । त्यस्को लागि शिक्षकका नेताहरु नै बिचौलिया अर्थात दलालको काम गरेको पनि देखिएको छ ।
शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माले असोज १६ मा फेसबुकमा लेखेको स्टाटस अनुसार ”एक दुई हप्ता पहिला तनहूँबाट सरुवा हुने मा. वि. शिक्षकले ४ लाख बुझाउनु पर्यो भन्दै हुनु हुन्थ्यो, आज अर्थात असोज १६ गते अर्को जिल्लामा एक जना प्रा. वि. शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो नि भन्दा भन्नु भयो १ लाख ५० हजार मा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भनेर सोध्दा पालिकामा ५० हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार , शिक्षा दिनेहरुका नेताहरु नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ?” शिक्षक सरुवामा घुस दिनुपर्ने र शिक्षक नेताहरु नै दलालीमा लागेको कुरा शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माले लेखेपछि नेपाल शिक्षक संघको तर्फबाट नरेन्द्र न्यौपानेले फेसबुकमा नै लामो स्टाटस लेखेर शर्मालाई जवाफ फर्काउनुभएको छ । न्यौपानेले ”तनहूँका शिक्षक नेताहरुले सरुवा र नियुक्ति गरिदिने नाममा शिक्षकहरुसँग खाजाघरमा बस्ने ठुलो रकम तिर्न लगाउने र सरुवा गरिदिए बापत मोटो रकम माग्ने गरेको भन्ने शिक्षा समन्वय इकाई प्रमुख रमाकान्त शर्माको आरोप प्रती नेपाल शिक्षक संघ तनहूँको ध्यानआकर्षण भएको छ। नेपाल शिक्षक संघको कुनै पनि नेता यस्ता गतिविधिमा सम्लग्न नरहेको र प्रमाण सहित सम्लग्न पाइएमा शिक्षक संघको बिधान अनुसार पदिय भुमिकाबाट निलम्बन गरिने कानुनी ब्यबस्था भएको अबस्थामा आफुआधिकारीक निकायको प्रमुख हुँदै गर्दा संस्थालाई नै बदनाम गर्ने अभिव्यक्ति प्रती नेपाल शिक्षक संघ तनहूँ घोर आपत्ति गर्दछ” भन्नुभएको छ । न्यौपानेको स्टाटसमा विभिन्न व्यक्तिहरुले प्रतिक्रिया दिदै ” शर्माको कुरा सहि भएको ” बताउनुभएको छ भने विजय आचार्य नामक व्यक्तिले न्यौपानेलाई सम्बोधन गर्दै ‘‘दाजी तपाईकै अघिपछि देख्छु म त त्यस्ता जुकाहरु ” भन्नुभएको छ । त्यसैगरि रेडक्रसकर्मीले प्रदिप घिमिरेले ”ति शिक्षा अधिकारीकोमा भागबन्डामा आइपुग्छ भनिएजति रकम नपुगेको जस्तो” प्रतिक्रिया लेख्नुभएको छ । कल्याण सिग्देल नामक व्यक्तिले ”ए सरजी ! एउटा शिक्षक करार नियुक्ति लिदा ३० हजार तिरिराछन यसमा शिक्षक सघं कहिल्यै बोलेको सुनियन किन होला ?” भनेर न्यौपानेलाई प्रश्न गर्नुभएको छ ।

दशैको मुखमा खलासा शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माको फेसबुक स्टाटसले तनहूँका शिक्षक नेताहरुको निद हराम भएको छ भने शर्माका साथै न्यौपानेको स्टाटसमा धेरैले प्रतिकिृया दिदै ” शिक्षक सरुवा गर्दा , करारमा नियुक्त गर्दा लाखौ रुपैया घुस दिनु पर्ने , शिक्षक नेताहरुलाई महगां रेष्टुरेष्टमा लगेर दारुपानी ख्वाउनुपर्ने ” लगायतका गुनासाहरु पोख्नुभएको छ ।
जनमानसमा पहिल्यैदेखि सुनिएको कुरालाई पुर्ण रुपमा प्रमाणित गर्दै शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माले लेख्नुभएको स्टाटसले शिक्षाक्षेत्रमा शिक्षकका नेताहरुले गर्ने गरेको अन्याय अत्याचारको पर्दाफास गरेको छ भने अर्कोतर्फ ”उहाँको लागि छुट्याईएको रकम शिक्षक नेताले उहाँलाई नदिएको हुनाले यो प्रकरण बाहिर आएको” जानकारहरु बताईरहेका छन् । स्मरणिय छ केहि समय अगाडि तनहूँको एक पालिकाका खनाल थरका अघोषित शिक्षान्त्री र उक्त पालिकाका प्रमुख पुत्रबिच शिक्षक सरुवा, बढुवा तथा करारमा नियुक्त गर्दा उठाईएको रकममा भागवण्डा नमिलेको कारणले पालिकाका प्रमुख पुत्रले धेरैजनासग गुनासो गर्दै ”अघोषित शिक्षामन्त्रीलाई नागेंझार बनाएर छोड्ने ” प्रतिवद्धता जनाउनुभएको थियो । यसै परिप्रेक्षमा शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माको तनहूँमा एउटा शिक्षक सरुवा हुदाँ ४ लाख घुस दिनुपर्ने भनाईले गर्दा त्यो दन्तबझान पनि सहि भएको प्रमाणित भएको छ अब बिस्तारै तनहूँमा हुने गरेका यस्ता कर्तुतहरुको पर्दाफास हुने सबैले अपेक्षा गरेका छन् ।










